धनुषामा वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ
नेपाल प्रेस
२०८० जेठ ३१ गते १८:५९
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरुलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ ।
सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए । उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर