चिनी उद्योग तथा उखु किसानका समस्या समाधान गर्न संसदीय उपसमिति गठन (भिडिओ) – Nepal Press

चिनी उद्योग तथा उखु किसानका समस्या समाधान गर्न संसदीय उपसमिति गठन (भिडिओ)

काठमाडौं । उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्न सांसद श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताए ।

उनले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका जानकारी दिए । उनका अनुसार समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको छ ।

समितिले उद्योगी व्यवसायीहरुसहितसँग छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यादेश दिएको छ ।

बैठकमा संयोजक श्रेष्ठले उखु किसानहरुलाई धेरै समस्या रहेको बताउँदै उखु किसानका समस्या समाधानको लागि समितिले तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

त्यस्तै सांसद वीरेन्द्रबहादुर शाहीले नेपाल आयल निगम कुन अवस्थामा रहेको भन्नेबारेमा समितिले अध्ययन गर्न आवश्यक रहेको बताए ।

सरकारले पेट्रोलियमको मूल्य लोकप्रियताको लागि तत्काल धेरै घटाउने अवस्था रहेको यनको भनाइ छ । सांसद शाहीले निगमको पेट्रोलियम पदार्थ वितरणको विषयमा पनि अध्ययन गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर