मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु
नेपाल प्रेस
२०८० जेठ ३१ गते २१:००
हेटौंडा । मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो रहेका छन् ।
आज बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन फलामको खन्तीले खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय खर्कबहादुर र पूर्णबहादुर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर