प्रक्रिया पूरा गर्ने शर्तमा महानगरले एक दिनलाई बन्द गरायो शैक्षिक मेला (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ ३२ गते १५:१०
काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपको शैक्षिक मेला प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरसँग समन्वय नगरी थ्रिडी बनाएको भन्दै आज एकदिनका लागि प्रदर्शनीस्थल बन्द गरिएकाे छ ।
आयोजकले महानगरलाई आज बिहानमात्रै मेला आयोजना गर्न लागेको जानकारी दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । साथै मेलामा कलेजहरु सहभागी भएका विद्यार्थीको विवरण टिपेर राखेकाले आज बन्द गराएको उनले बताए ।
उच्च शिक्षाका लागि उत्कृष्ट कलेज खोजिरहेका विद्यार्थीलाई लक्षित गरेर हिसानले एडुफेयर (शैक्षिक मेला) भृकुटीमण्डपमा प्रदर्शनीस्थल राखेको थियो ।
आज बिहान सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मेलाको उद्घाटन गरेका थिए । मेलामा ७५ वटाभन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका थिए।
एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको थियो । उक्त मेला आइतबारसम्म सञ्चालन हुने कार्यक्रम रहेको थियो ।
तस्बिरहरु: उमेश कार्की
प्रतिक्रिया
सम्बन्धित खवर