सडकमै अनसन बस्न खोजेपछि सामुदायिक विद्यालयका कर्मचारीमाथि धरपकड (तस्बिरहरू) – Nepal Press

सडकमै अनसन बस्न खोजेपछि सामुदायिक विद्यालयका कर्मचारीमाथि धरपकड (तस्बिरहरू)

काठमाडौं । बजेटमा आफूहरूलाई उपेक्षा गरेको भन्दै सडकमै रिले अनसन गर्न तयार गरेपछि प्रहरीले धरपकड गरेको छ । सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै आन्दोलन गरिरहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले बुधबारदेखि रिले अनसन थालेको थियो ।

उनीहरू भद्रकालीमा रिले अनसन गरेर सडकमा अनसन बस्न खोजेका थिए । सोक्रममा प्रहरीले बल प्रयोग गरेर केहीलाई पक्राउ गरेको छ । सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन गरिने आश्वासन दिएकोमा बजेटले सम्बोधन नगरेको भन्दै परिषद् चरणबद्ध आन्दोलनमा छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान
वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए । माग पूरा नभए भोलिबाट अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्नेसम्मको परिषद्को तयारी छ ।

उनीहरूले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर्नुपर्नेलगायतका कुरा उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *