कोशी प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै – Nepal Press

कोशी प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० प्रमाणीकरण गरेसङै बजेट सार्वजनिक हुँदैछ ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट सार्वजनिक गर्ने तयारी छ । केहिबेरमै आर्थिक मामिला तथा योजना मन्त्रालयको हलबाट बजेट सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले बताए ।

कोशी प्रदेश सरकारमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेपनि असर १ गते भित्रमा बजेट ल्याउनु पर्ने भएपछि अध्यादेशबाट भएपनि बजेट ल्याएको कोशी प्रदेश सरकारले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *