भाेलिदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुने – Nepal Press

भाेलिदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको हो । वर्षौँदेखि सञ्चालन गर्ने भनेको नगर बस शुक्रबार देखि सञ्चालन हुने भएको हो ।

नगर बस संयुक्त यातायात प्रा.लि ले सञ्चालन गर्न लागेको हो ।

वीरेन्द्रनगरमा सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउनका लागि आफ्नै नगर बस सञ्चालन गर्न लागिएको संयुक्त यातायातले जनाएको छ ।

पहिलो चरणमा १० वटा फोर्स गाडीबाट वीरेन्द्रनगर उपत्यकामा रुटमा सेवा सुचारु गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरूमा बस सञ्चालन गरिने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *