मुख्यमन्त्री कार्कीले खानेपानीमा चार करोड बजेट छुट्याएपछि हर्क साम्पाङ खुशी – Nepal Press

मुख्यमन्त्री कार्कीले खानेपानीमा चार करोड बजेट छुट्याएपछि हर्क साम्पाङ खुशी

काठमाडौं । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीको लागि ४ करोड रुपैयाँ विनियोजन गरेपछि मेयर हर्क साम्पाङले खुशी व्यक्त गरेका छन्

प्रदेशका अर्थ तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत जारी गरेको २०८०/८१ को बजेटमा धरानको खानेपानी पूर्वाधारमा चार करोड बजेट छुट्याएपछि मेयर हर्कले धन्यवाद दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले बजेट छुट्याएपछि धरानका मेयर हर्क साम्पाङ खुशी हुँदै सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘प्रदेश सरकारलाई हार्दिक धन्यवाद ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *