संसद बैठक : आज यी तीन मन्त्रालयको बजेटमाथि छलफल
नेपाल प्रेस
२०८० असार १ गते ६:२६
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बिहान ११ बजेदेखि बस्दैछ ।
बैठकमा बजेटमाथि हिजोदेखि सुरू मन्त्रालयगत छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।
यी मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेश गर्नेछन् ।
बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल गरिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर