पोखरामा दक्षिण एशियामै पहिलोपटक ड्रागन बोट रेस फेस्टिभल हुँदै – Nepal Press

पोखरामा दक्षिण एशियामै पहिलोपटक ड्रागन बोट रेस फेस्टिभल हुँदै

पोखरा । पोखरामा दक्षिण एशियामै पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजनामा असार ८ र ९ गते पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुन लागेको हो ।

आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराएको हो ।कार्यक्रममा सहभागीताको लागि चीनको सिजी नगरबाट नगर उपप्रमुख सहित ६० जनाको टोली चार्टर उडानबाट पोखरा आउने तयारी गरेको छ । जुन नगर र पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध समेत रहेको छ । चीनले यस प्रकारको बोट फेस्टिभल ५० भन्दा वा देश तथा क्षेत्रमा आयोजना गर्दै आइरहेको छ । यो प्रतियोगितालाई एशियन गेममा समेत सहभागी गराइने गरिन्छ ।

दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत बैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रेसका लागि चीनवाटै नेपालको केरुङ नाका हुँदै आठ वटा विशेष खालका बोट अन्य आवश्यक सामग्री र चीनबाट बोट रेश तथा प्रशिक्षणको लागि आउने सहभागीहरू पोखरा आएर प्रतियोगिताको अभ्यास जारी रहेको आयोजकले जनाएको छ ।

यो फेस्टिभलमा नेपालका सातवटै प्रदेश र चीनका गरी १२० जना प्रतियोगिहरु सहभागी हुनेछन् । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालके पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुई वटा सेगमेन्टमा ८ वटा चोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *