सुदूरपश्चिमको बजेटमा एमालेको टिप्पणी: कर्मकाण्डी ,कार्यान्वयनमा आशंका
कैलाली । सुदूरपश्चिमको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएकाे बजेट कर्मकाण्डी रहेको टिप्पणी गरेको छ ।
बजेट प्रस्तुत गरेलगत्तै एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले कर्मकाण्डी बजेट कार्यान्वयन हुनेमा पनि आशंका रहेको बताएका हुन् । उनले बजेट जनविरोधी रहेको समेत टिप्पणी गरेका छन् ।
उनले भने, ‘यो बजेट कर्मकाण्डी छ । यसले संसद विकास कोषलाई ब्यूँताउने काम गरेको छ । जुन जनविरोधी छ । ग्रामीण क्षेत्रको शिक्षामा लगानी बढाउनुपर्ने ठाउँमा संविधान विरोध बजेट आएको छ ।
प्रदेश सरकारले आज अघिल्लो वर्ष भन्दा झण्डै ७ अर्ब कम गरेर आज बजेट ल्याएको हो । आज आर्थिक मामिला मन्त्री नरेश शाहीले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका छन् ।