उपहारमा चिनियाँ क्रेज: लिन उत्साहित, दिन उदार !
काठमाडौं । हामीले चीन पुग्ने कतिपटक कल्पना गर्यौं होला ? त्योभन्दा धेरैपटक चीन पुग्नुभएको छ किशोर श्रेष्ठ । किशोर दाइलाई व्यक्ति नभएर पुस्तक मान्ने हो भने उहाँ चीन जानकारी खण्डको धेरै भागहरुको ग्रन्थ हो ।
किशोर दाइको चीन यात्राको सल्लाह कत्ति महत्वपूर्ण छ भनेर बुझ्न यिनै कुरा काफी छन् । चीन जानु अगाडि किशोर दाइको सल्लाह सञ्जीवनी बुटी नै हो । उहाँका भेज र ननभेज मगाउने टिप्स्देखि थुप्रै सल्लाह थिए । मैले नोट गरेका प्रमुख दुई सल्लाह चैँ यी थिएः
- देश गरिब छ । तर, तिमी दरिद्र नहुनु । आफूसँग निकट भएकाहरुलाई केही न केही उपहार दिनु ।
- औपचारिक कार्यक्रममा औपचारिक पोसाक खासगरी सुटमै उपस्थित हुनु ।
औपचारिक पोसाकबारेमा त म पनि तयारै थिएँ । उपहारबारेमा खासै सोचेको थिइनँ । उपहारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने चिनियाँ भाषाका ब्रोसर दिने योजनामा थिएँ । ठमेल पुगेर केही एन्टिक नेपाली सामान किनेर दिने योजनामा थिएँ । तेह्रथुमे ढाका र संखुवासभाली अल्लोका पर्स वा रुमाल दिने योजनामा थिएँ । यी सबै मौलिक नेपाली उपहार दिने योजना बनेपछि किन्ने तयारीमा थिएँ ।
जहाजको टिकट तत्काल आउने कुनै संकेत थिएन । त्यसैले उपहार किन्न कुनै हतारो पनि थिएन । एक दिन मित्र मिलन बिछोड र अक्षर काकासँग साँझ चिया चर्चा गर्दैगर्दा अचानक फोन आयो । फोनमा भनियो- ‘टिकट आयो । भोलि १० बजेको उडान हो । ८ बजे नै विमानस्थल पुग्नु ।’
हिमाल पारिको पहिलो उडानको टिकट आएको खुशीभन्दा टिकट ज्यादै छिटो आएकोमा बेखुशी जस्तै पो भइयो । शनिबार आयो सूचना । कोभिड खोपको क्युआर कार्ड बनाएकै थिएन । लुगाफाटोको तयारी थिएन । लगेज बन्दोबस्त झनै थिएन । यी सबै तयारी नभएपछि उपहारको तयारी त्यत्तिकै कम प्राथमिकतामा पर्यो । यी सबै काम सक्दा बिहान ७ बज्यो । अब एक घण्टामा वानेश्वरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कि उपहार किन्न ठमेल ? ठमेल पुग्ने, किन्ने र पुनः विमानस्थल आउन समयको हिसाबले गाह्रो थियो । त्यही बेला मैले सत्यमोहन जोशीको कतै पढेको कुरा सम्झें । चिनियाँहरुको नेपाली सिक्का मोह । र, हत्तपत्त पसलमा गएर दुई रुपैयाँका टिलिक्क टल्किने पचास सिक्का खरिद गरेर पठाओबाट सोझिएँ विमानस्थलतर्फ ।
म तीस हजार नेपाली रुपैयाँ लिएर पुगें र भने, ‘तीस हजारको युआन जत्ति आउँछ त्यही साटिदिनु ।’ काउन्टरका कर्मचारीले पासपोर्ट मागे । छाप हाने । १६ सय प्लस युआन रकम पनि ल्याए । मैले तीस हजार क्यूआर गरेर दिन लाग्दा उनी हच्किए । भने, ‘क्यूआरले हुन्न । हार्ड क्यासै चाहिन्छ ।’
बैंकको सटहीको तनाव सिक्काले फुकायो
पावर चाइना कम्पनीको आयोजनामा भएको नवीकरणीय ऊर्जाको कार्यक्रममा जानु थियो । नवीकरणीय ऊर्जामा लेख्ने बोल्ने कुरामा सक्रिय मलाई यो कार्यक्रम व्यक्तिगत रुपमा पनि महत्वपूर्ण थियो । व्यवसायिक रुपमा झनै महत्वपूर्ण । कार्यक्रम मध्य चीनको प्रान्त हुनानको राजधानी छाङ्सामा थियो । काठमाडौं छाङ्सा सीधा उडान छैन, तिब्बत पर्तिरको सिचुआन प्रान्तको राजधानी छेङ्दु हुँदै पुग्नुपर्ने ।
सबै खर्चबर्च आयोजककै भए पनि सामान्य चिया कफी नास्ताको मुद्रा बोक्न युआन साट्नुपर्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै प्रभु बैंकको काउन्टरले साट्ने सूचना पाएपछि सहज महसुस भयो । म तीस हजार नेपाली रुपैयाँ लिएर पुगें र भने, ‘तीस हजारको युआन जत्ति आउँछ त्यही साटिदिनु ।’ काउन्टरका कर्मचारीले पासपोर्ट मागे । छाप हाने । १६ सय प्लस युआन रकम पनि ल्याए । मैले तीस हजार क्यूआर गरेर दिन लाग्दा उनी हच्किए । भने, ‘क्यूआरले हुन्न । हार्ड क्यासै चाहिन्छ ।’
जुन बैंकको ग्राहक हुँ, त्यही बैंकले उसैले ल्याएको क्यूआरबाट पैसा भुक्तान नलिने नियम देखेर अचम्म लाग्यो । अझ नेपाली रुपैयाँमा यस्तो ! यत्ति बेला मैले बैंकको नारा सम्झें- ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ ।
मैले मनमनै नारा सम्पादन गरें- ‘विश्वास लिन्छौं । धोका दिन्छौं’ ।
आसपास देखिएका सुरक्षाकर्मी र स्वयं बैंकका कर्मचारीलाई पनि ‘हार्डक्यास दिनु क्यूआर गर्दिन्छु’ भन्दा कुरा असम्भव भयो । सेक्युरिटी चेकको प्रक्रियामा पुग्न अबेला हुने डर भयो । पार नलागेपछि म लागें एक सुक्का युआन नबोकी चीन यात्रामा । सिचुआन एअरलाइन्सबाट काठमाडौंको आकाश हुँदै हिमाल पार गरेर म छेङ्दुको उत्तरी उडानमा लागें । यो हिमाल पार भएर पहिलो उडान ५० वर्ष अगाडि भएको थियो ।
राजा वीरेन्द्रले सन् १९७३ डिसेम्बर ७ मा पहिलोपटक काठमाडौंबाट हिमाल पारि उडान गरेका थिए । त्यो अवधिमा ल्हासामा महावाणिज्यदूत रहेका नेपालका चर्चित मानवशास्त्री डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’मा यो तथ्य लेखेका छन् । राजाले ५० वर्ष अगाडि गरेको उडान यात्रामा एक नागरिकको रुपमा मैले ५० वर्षपछि यात्रा गरिरहेको थिएँ । ५० वर्ष अगाडि राजाबाट सीधा उडान सुरु भएको चीनसँग आज नेपालको नियमित व्यवसायिक उडान हुन्छ । पासपोर्ट बोकेर आउने पर्यटकहरुको पछिल्ला दशकका सबैभन्दा ठूलो स्रोत मुलुक चीनका आगन्तुकहरु हवाई मार्गबाटै धेरै आउँछन् । पछिल्लो पचास वर्षमा यति परिवर्तन भयो । आगामी पचास वर्षमा कति होला ?
यस्तै सोच्दै हिमाल माथि उडियो । तिब्बती पठारमाथि हुँदा सिचुआन एअरलाइन्सले दिएका मीठामीठा पकवान खाइयो । र, दुई घण्टापछि दुई हजार वर्ष पुरानो इतिहास भएको छेङ्दुमा अवतरण भइयो ।
मैले आफूसँग भएको ५० सिक्कालाई ४९ बनाउने सोचें । उनलाई सिक्का दिँदै उनको मोबाइल अनुवादकसँग बोले, ‘तपाईं चीनमा भेटेको पहिलो साथी हो । यो मेरो देशको सिक्का हो । तपाईंलाई मेरो तर्फबाट यो भेटको चिनो ।’
विमानमा जत्तिकै मीठा पकवान दिए पनि विमानस्थलमा ओर्लिएपछि केही खाउखाउ भन्ने तलतल लाग्नेरहेछ । अझ पैसा नभएको बेला त तलतलको आयतन बढ्दै बढ्दै जानेरहेछ ।
छेङ्दु विमानस्थलबाट निस्किँदा चिनियाँ युवती सिसाङ लिन आएकी थिइन् । अंग्रेजी बोल्न नजान्ने उनी मसँग मोबाइल एपबाट चिनियाँलाई अंग्रेजी अनुवाद गरेर बोलिन् । मलाई भेटेसँगै उनले भनिन, ‘होटलको गाडी आउन बीस मिनेट लाग्छ । यतै बस्दै गरौं ।’
मैले आफूसँग भएको ५० सिक्कालाई ४९ बनाउने सोचें । उनलाई सिक्का दिँदै उनको मोबाइल अनुवादकसँग बोले, ‘तपाईं चीनमा भेटेको पहिलो साथी हो । यो मेरो देशको सिक्का हो । तपाईंलाई मेरो तर्फबाट यो भेटको चिनो ।’
मैले बोलेको कुरा चिनियाँमा अनुवाद पढेपछि उनी त्यति खुशी भइन् जति म यहाँ व्याख्या गर्न सक्दिनँ । सिक्का लिएपछि उनी नजिकैको पसलमा गइन् । मोबाइलको कभर चेञ्ज गरिन् । पहिलेको अपारदर्शी कभरलाई पारदर्शीले विस्थापन गरिन् । त्यो कभरको पछाडि त्यही दुई रुपैयाँ राखिन् । मैले बल्ल बुझें- मोबाइल कभर पारदर्शी बनाउनुको अर्थ त मैले उपहार दिएको सिक्का देखाउने गरी राख्न पो रहेछ !
उनी एक्कासि हराइन् । र, आइन् एक हत्केला फलफूल र चकलेट लिएर । भोकको तलतल लागेको मलाई आफ्नै पैसाले किनेर खाने बाटो काठमाडौंको विमानस्थलभित्रको प्रभु बैंक काउन्टरले बन्द गरिदिएको थियो । तर, छेङ्दुको विमानस्थलभित्र मैले दिएको सिक्काले भोकको तलतल मेटाइदियो । सिसाङको काम मलाई रिसिभ गरेर होटलको गाडीमा पठाएर ‘बाइ बाइ’ गर्नेमात्रै थियो । एक सिक्काले हाम्रो सम्बन्ध त्यतिमै सीमित भएन । हामी चिनियाँ सामाजिक सञ्जाल विच्याटमा जोडियौं । अहिले पनि विच्याटको उनका पोस्ट हेर्दा म छेङ्दुमा उनले दिएको अतिरिक्त सत्कार सम्झिन्छु । सायद उनी पनि मेरा पोस्ट हेरेर मैले दिएको सिक्का सम्झिँदी हुन् ।
उपहार आत्मीयताः सरकार, सवारीदेखि समुद्रसम्म
मैले सिसाङमात्रै होइन उनीसँग छुटेपछि भेटिएका ड्राइभर, कोठामा खाना लिएर आउने होटल कर्मचारीलाई पनि सिक्का दिएँ । उनीहरुले मीठो मुस्कान दिए । ग्राहकहरुमा मलाई अतिरिक्त चासो दिए । अतिरिक्त सम्मान दिए ।
चिनियाँहरुको उपहार क्रेज गजब नै लाग्यो । उसो त नेपाल चीन सम्बन्धकै कथामा पनि उपहार जोडिन्छ । जस्तैः सन् १७९१ मा नेपालले तिब्बत आक्रमण गर्दा चीनले आफ्ना सेना पठाएर नेपाललाई हरायो । नेपाल तिब्बतबाट भाग्दै आयो । चिनियाँ सेनाले रसुवासम्म खेद्यो । अन्तिममा रसुवाको बेत्रावतीमा सन्धि भयो । सन् १७९२ अर्थात् आजभन्दा २३१ वर्ष अगाडि भएको बेत्रावती सन्धिको एक प्रमुख प्रावधानमा उपहार कूटनीति थियो । नेपालले हरेक वर्ष चिनियाँ सम्राटलाई उपहार लानुपर्ने । इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालको उपहार कूटनीतिमा नेपालले दिएको भन्दा धेरै उपहार चीनले दिएको कथा आफ्नो किताब ‘चीन, तिब्बत र नेपाल’मा उल्लेख गरेका छन् ।
२३१ वर्ष अगाडि राज्यस्तरमा भएको उपहार कूटनीतिको जस्तै अनुभव मेरो निजी उपहार आदानप्रदानमा पनि भयो । ५० सिक्काको उपहारमा ५० सिक्काकै रोचक उदाहरण छन् । चीनको सिचुआनदेखि हुनान हुँदै फुजिआनका कुनाकुनामा यस्ता रोचक अनुभव आएका छन् । यहाँ म हुनान र फुजिआनका एक एक उदाहरण दिन्छु ।
उनले दिएको घडी नलिँदा मलाई चिनियाँ भाषामा सम्झाए । मैले नेपाली भाषामा बुझें । उनले दिएको चिनियाँ कम्पनीकै ‘पिकक वाच’ मैले फुजिआन जाँदा विमानस्थलमै हराएँ । तर, उनले दिएको माया र सम्मान अहिलेसम्म हराएको छैन ।
म एक्लै यात्रामा थिएँ । अंग्रेजी बोल्ने साथीहरु भएको छाङ्सा विश्वविद्यालयतर्फ गएँ । होटल स्टाफले बोलाइदिएको कारमा जाँदा अंग्रेजी नबुझ्ने ड्राइभर र चिनियाँ नबुझ्ने मेरो कुनै बोलचाल भएन । तर, सांकेतिक भाषामा गजब कुरा भयो । ओर्लिने बेला मैले उनलाई सिक्का दिएँ । उनी सिक्का लिएर केही पर गए । हातमा नयाँ घडी लिएर आए । उनले दिएको घडी नलिँदा मलाई चिनियाँ भाषामा सम्झाए । मैले नेपाली भाषामा बुझें । उनले दिएको चिनियाँ कम्पनीकै ‘पिकक वाच’ मैले फुजिआन जाँदा विमानस्थलमै हराएँ । तर, उनले दिएको माया र सम्मान अहिलेसम्म हराएको छैन ।
फुजिआनमा पनि उपहारको रोचक किस्सा छ । हामी पूर्वी चीन सागरमाथि चीनले बनाएको १६ किलोमिटर लामो रेल रोड पुलबाट पिङतान टापु पुग्यौं । टापु फन्को मारीमारी हामीले विभिन्न सामुद्रिक तटहरुको भ्रमण ग¥यौं । सुरुको दुई तटीय क्षेत्र पुग्दा त ऊर्जा आएकै थियो । तेस्रो तटमा पुग्दाको चर्को घामले अल्छी लाग्यो ।
म तट बाहिर आएँ । हामीलाई बोक्ने गाडी छेउमा उभिएँ । नजिकै पसल थियो । पसल अगाडि टक्क बस्ने गजब कुर्सी थिए । पसलमा केही नकिनी बस्नेहरुलाई पसल सञ्चालिकाले खाउँला झैं गरी हेर्थिन् । मलाई किन्नुपर्ने केही थिएन । तर, उभिँदा उभिँदा गोडा गलेर हैरान भएकाले बस्नु चैं थियो । मैले पर्सबाट सिक्का निकालेर उनलाई दिएँ । तपाईंलाई उपहार दिएको भन्दा उनी खुशी भइन् । म उनको पसल अगाडिको कुर्सीमा बसें । उनले केही बेरमा तीन बोत्तल कोकाकोला, दुई बोतल जुस र एक बोलत पानी ल्याइन् । म भर्खरै खाना खाएको मलाई ती कुनै कुरा आवश्यक थिएन । चिनियाँ अनुवादक एपबाट मैले भद्र अस्वीकार गरें ।
गाडी छुट्ने बेला उनलाई चिनियाँ धन्यवादको ‘से से..’ भनेर हिँड्न लाग्दा उनले विच्याटको क्यूआर मागिन् । चिनियाँहरुलाई सामाजिक सञ्जालमा जोडिन नाम टाइप गर्न समय लाग्ने भएर होला क्यूआर प्रणाली राखेको । मैले दिएँ । उनले स्क्यान गरिन् ।
म साँझ पिङतान टापुबाट डेढ घण्टा यात्रा गरेर फुजिआनको राजधानी फुजो पुगें । बेलुकाको खाना खाएर बेडमा पुगें । वाइफाइ अन गरेर विच्याट नोटिफिकेसन हेरें । दिउँसो भेटिएकी पिङतानकी युवती साहुनीको रिक्वेष्ट आएको थियो । मैले तत्काल एड गरें । एड गरेको केही मिनेटमै उनले साथीहरुको बीचमा बसेर आफूले सिक्का बोकेको सेल्फी पठाइन् । सेल्फीसँगै थुक्पा, चाउमिन र चाउचाउ मिसमास भएका मीठामीठा चिनियाँ अक्षरहरु आए । चिनियाँहरुले अंग्रेजीमा बोल्न/बुझ्न सहज होस् भनेर होला विच्याटमा अनुवाद सुविधा छ । मैले अनुवाद गर्दा लेखिएको पाएँ, ‘मलाई थाहा छ यो सुन होइन । तर, मलाई यो सुन जत्तिकै महत्वपूर्ण छ ।’
त्यो पढिसक्दा नसक्दै उनले अर्को तस्बिर पठाइन् । एक युुवकसँग सिक्का बोकेरै उनको सेल्फी आएको थियो । त्यहाँ पनि केही कुरा लेखिएको थियो । उत्साहित हुँदै अनुवाद गरे । लेखिएको थियो, ‘मैले मेरो ब्वाइफ्रेण्डलाई पनि यो सिक्का देखाएँ । उसले पनि धेरै मन परायो ।’
अघिसम्म उत्साहित म यो वाक्य पढेपछि भने फतक्कै गलें । किन गलें ? यसबारेमा प्रश्नहरुको भिडन्त जारी छ ।
आहा ! अति सुन्दर चीन यात्रा अनुभव । सलल बगेको यहाँको चीन ब्लग पहिलो र दोश्रो भाग पढ्ने अवसर पाइयो । आगामी दिनमा यहाँको चीन भ्रमणसंग जोडिएका अन्य प्रसंगबारे अध्ययन गर्न पाइयोस् । सूचना, जानकारीमूलक यात्रा संस्मरणका यहाँलाई विशेष धन्यवाद !
सुन्दर प्रस्तुति ।