प्रचण्ड-माधवलगायतको समाजवादी मोर्चाबारे ओलीको टिप्पणी- ‘लिभिङ टुगेदर’ चलेकै छ किन चाहियो त्यो अर्को ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको टिप्पणी गरेका छन् ।
नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको बताए ।
उनले भने, ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे । समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने ।’
कांग्रेसलाई समाजवादी मोर्चा बनाऊँ त ? भनेर तर्साउनका लागि मात्रै गठन हुने मोर्चा बनाएर के हुन्छ ? उनले प्रश्न गरे ।
मोर्चामा सामेल हुने भनिएका दलहरूको ‘लिभिङ टुगेर’ चलिरहेको टिप्पणी गर्दै उनले भने, ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन सँगै हिँडेका छन् । लिभिङ टुगेदर त चलेकै छ । तिनीहरूको । अनि मोर्चा के चाहियो ? हामीले उहाँहरूका मोर्चा सोर्चा के बनाउँछन् खास वास्ता राख्नुपर्ने छैन ।’
अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे । उनले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोप मात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए ।
मोदीका दलालहरूको झुण्ड हो यो ।