राजनीतिमा आएर जुका जस्तो टाँसिने प्रवृत्तिमा परिवर्तन आउनुपर्छ : पूर्व प्रधानन्यायाधीश कार्की (भिडिओ)
काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन् ।
शनिवार काठमाडौंमा दीपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृत्ति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएका हुन् ।
राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने जिकिर गरे । उनले भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिए ।
त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे । उनले भ्रष्टाचार विरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले संघीयता सँगै भ्रष्टाचार विकेन्द्रीकरण हुने सम्भावनामा सजक रहनुपर्ने उल्लेख गरे । सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउँदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले भ्रष्टाचारका विषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए ।
कसले मति बिग्रिएर प्रधानन्यायाधिश बनाएछ ? काम नै एमालेको विरोध गर्ने छ । खेताला पो हो कि कसैको ? ७० वर्षे हटायो एमालेले भनेर जुकाजस्तो भनेको हो । ४० वर्षदेखि पार्टी अध्यक्ष बनेर पार्टीलाई प्रा. लि. बनाउनेको कुरा अस्ति अस्ति किन नगरेको ? ८१ वर्षकोले अझै दुई पटक प्रधानमन्त्री खान्छुभन्दा खोइ प्रतिक्रिया ? १५ वर्ष खाएर पनि नपुगेर पार्टी फुटाएर अध्यक्ष खानुपर्नेको खोई कुरा ? ओलि सरकारको बेलामा दिनदिनैबक्तव्य निकाल्ने आजभोलि कुन दुलामा ? यी सबै कुराले के प्रमाणित गर्छ भने विज्ञमा नाममा, भू. पू. का नाममा, नागरिक समाजका नाममा दलाली गरेर पेट पाल्नेहरूलाई एमालेले ठेगान लगाउनु पर्छ ।