संसदीय पत्रकार मञ्च कोशीको अध्यक्षमा कुमार र सचिवमा सुस्केरा निर्वाचित
विराटनगर । संसद र सरकारको विषयमा समाचार लेख्ने पत्रकारहरूको संस्था संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् ।
मञ्चको शनिवार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा लुइँटेलसहित नयाँ सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्ष तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् । यसै गरी कोषाध्यक्षमा ध्रुव भट्टराई र बिनु तिम्सिना सहसचिव चयन भएकी छिन् ।
मञ्चको सदस्यमा राजु पौडेल, सुजता लिम्बू, उत्तम पोखरेल, चिना थापा र कृष्ण बहाव कार्यसमितिको सदस्य चयन भएका छन् ।
प्रदेशसभा, प्रदेश सरकार र स्थानीय सरकार सञ्चालन र गतिविधिको समाचार लेख्दै आएका पत्रकारहरू मञ्चमा आबद्ध छन् ।
अधिवेशनको उद्घाटन कोशी प्रदेशका सभामुख बाबुराम गौतमले गरेका थिए ।