बाढीका कारण सबैभन्दा क्षति पाँचथरमा
विराटनगर । अविरल वर्ष पछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्लाको सडक यातायात विच्छेद भएको छ ।
बाढी र पहिरोका कारण कोशी मेची राजमार्गको पाँचथर ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ । यस्तै तमोर कोरिडोर पनि बन्द भएको छ ।
बाढी र पहिरोका कारण पुल झोलुङ्गे पुलहरू समेत बगाउँदा पाँचथर, ताप्लेजुङ र सङ्खुवासभाका विभिन्न पालिकाहरूको सदरमुकाम आउन जान समस्या भएको छ ।
बाढी र पहिरोका कारण सडक पूर्वाधारमा सबैभन्दा बढी पाँचथरमा भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले जनाएको छ । बाढीका कारण पाँचथरमा मात्रै १५ भन्दा बढी साना ठुला पुलहरू बगाएका छन् ।
सङ्खुवासभामा २ वटा मोटरेवल पुल र २ वटा झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभामा २० जना मानिसहरू सम्पर्क विहीन भएका छन् । भने पाँचथरमा ५ जना सम्पर्क विहीन भएका छन् ।
कुन कुल पुल बगायो ?
१. पाँचथर फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका बिचमा स्थित ताप्लेजुङ तर्फ जाने मेची राजमार्गमा पर्ने हेवाखोला पक्की पुल।
२. फालेलुङ गापा ३ र ७ को बिचमा फरक स्थानमा रहेका २ वटा हेवाखोलाको पक्की पुल
३. पाँचथर फिदिम नपा ४ र हिलिहाङ गापा ७ जोड्ने तमोर कोरिडोर अन्तर्गत रहेको पक्की बेली ब्रिज
४.फिदिम ११ र हिलिहाङ ७ जोड्ने माउन्टेन हाइड्रोको पावर हाउस जोड्ने पक्की पुल ।
५ याङवरक गापा ४ र ताप्लेजुङको सिदिङ्वा गापा ४ जोडने पक्की पुल,
६. फालेलुङ गापा ३ र ५ को सिमानामा पर्ने हेवा खोलाकी झोलुङ्गे पुल
७. याङवरक गापा २ मध्य पहाडी राजमार्गमा पर्ने चिया भन्ज्याङ जाने दोभाने पक्की पुल
८. याङवरक गापा २ बेसीबाट नाम्ब्रेक जाने झोलुङ्गे पुल
९. याङवरक गापा १ मुरुङवा खोलाको एकराते जाने झोलुङ्गे पुल
१०. याङवरक गापा १ नाक दह जाने पेरुङगे झोलुङ्गे पुल
११. याङवरक गापा १ कोठेसामु बिरुवा जाने झोलुङ्गे पुल
१२. याङवरक गापा १ च्याङथापुबाट ठिङ्गे पुर जाने झोलुङ्गे पुल
ताप्लेजुंग
१. ताप्लेजुङको सिरिजंगा गापा वडा नं ७ जोड्ने सुरुमखिमस्थित तावा खोलामा खेवाङ बाट याम्फुदिन तर्फ जोखिममा रहेको ।
२. सिरिजंगा गापा ७ केराबारी काईम्बास्थितमा रहेको तावा खोलामा बनाएको झोलुङ्गे पुल बगाएको ।