सीके राउतको चेतावनी- संशोधन नभए बजेट पास हुन दिन्नौं
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले बजेट संशोधन नगरे पास हुन नदिने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै बजेटमा सांसदका माग सम्बोधन हुनेगरी संशोधन हुनुपर्ने बताए ।
उनले भने, ‘मन्त्री पद सदावहार शासक होइन । मन्त्री बन्दैमा अहंकार देखाउनुपर्छ भन्ने पनि होइन । एकजनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरू किन आवश्यक पर्ने थियो । एकजनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छौं । त्यसैले मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ । बजेट विनियोजनमा पनि सांसदहरूको माग सुनिदिनुपर्छ । सरकारले सुनेन भने त्यो बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरूलाई छ ।’
उनले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने बताए ।