तीव्र उचारचढावका बीच नेप्सेमा करेक्सन
काठमाडौं । पछिल्लो एक सातासम्म लगातार बढेको शेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ ।
४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ६ती कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा सेन्ट्रल फाइनान्स कम्पनी, लक्ष्मी इक्विटी फण्ड र माउण्टेन इनर्जी नेपाल रहेका छन् ।
नेप्सेले सोमबार इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा पार गरेको थियो । बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो ।
आज दिनभर सूचकमा उतारचढाव आइरह्यो तर अन्तमा २०९१ विन्दुमा अडियो । सोमबार २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
२९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो स्थानमा ेपाल टेलिकम र तेस्रो स्थानमा सोल्टी होटल रहेका छन् ।