सांसदलाई मतदाताको प्रश्न- सत्ती भन्सारमा क्वारेन्टाइन कहिले स्थापना हुन्छ ? – Nepal Press

सांसदलाई मतदाताको प्रश्न- सत्ती भन्सारमा क्वारेन्टाइन कहिले स्थापना हुन्छ ?

कैलाली । प्रतिनिधि सभा क्षेत्र नम्बर १, २ र ३ का दर्जनौँ मतदाताले आज एकै साथ प्रतिनिधि सभा र राष्ट्रियसभामा आधा दर्जन सांसदलाई म्यासेज पठाए ।

उक्त म्यासेजमा लेखिएको थियो ‘माननीयज्यू, नमस्कार, ०७५ मै मूल भन्सार भएको सत्ती भन्सारमा क्वारेन्टाइन कहिले स्थापना हुन्छ ?’

यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने रञ्जिता श्रेष्ठ चौधरी, ईश्वरीदेवी न्यौपाने, मदनकुमारी शाह गरिमा, नारायणदत्त मिश्र, रुपा चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीको मोबाइलमा स्थानीयले सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि दबाब दिन म्यासेज पठाउन थालेका हुन् ।

कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै आजदेखि थालिएको शालिन आन्दोलन अन्तर्गत मतदाताले संघीय सांसदलाई प्रश्न गर्दै म्यासेज गरेका हुन् ।

क्वारेनटाइनको माग गर्दै आन्दोलनमा उत्रिएको टीकापुर उद्योग वाणिज्य संघको आव्हानमा संघीय प्रतिनिधिलाई एसएमएस पठाउन थालिएको हो ।

क्वारेन्टाइन कार्यालय नहुँदा यस क्षेत्रका व्यवसायीहरूले अन्यत्रबाट भन्सार गर्नुपरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले बताए । उनले संघले टीकापुर क्षेत्रवासीलाई यस क्षेत्रका सांसदहरूलाई एसएमएस गर्न आग्रह गरेका छन् ।

भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै संघले यसअघि सत्तीस्थित क्वारेनटाइनको कार्यालयमा बोर्ड राख्ने, भन्सार कार्यालयमा तालाबन्दी गर्ने, प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाह, कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर