यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७९ पैसा रहेको थियो ।
डलरको खरिद दर १ रुपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ २९ पैसा र बिक्री दर १४३ रुपैयाँ ६९ पैसा रहेको थियो ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।
यसैगरी, जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४३ पैसा, दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४० रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०३ पैसा तोकिदिएको छ ।