हेटौँडाको हुँदै नभएको वडामा १ करोड बजेट विनियोजन – Nepal Press

हेटौँडाको हुँदै नभएको वडामा १ करोड बजेट विनियोजन

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई बजेटमा उपेक्षा गरेको आरोप लागिरहेको बागमती प्रदेशले यो पटक हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगर हेटौँडा २० र २२ जोडने कर्रा खोला पुल निर्माणको लागि भन्दै बजेट विनियोजन गरेको हो ।

हेटौँडाको १९ वडाहरूमा समानुपातिक बजेट विनियोजन नगरेको आरोप खेप्दै आएको सरकारले हुँदै नभएको वडामा बजेट विनियोजन गरेपछि थप विवादमा तानिएको हो ।

हेटौँडाका वडाध्यक्षहरूले बागमती प्रदेश सरकारले बजेट निर्माण गर्दा लापरबाही गरेको भन्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री सहित मन्त्रीहरू सम्मीलित कार्यक्रममा कालोझण्डा देखाउने देखि बहिस्कार गर्ने समेत चेतावनी दिँदै आएका छन् ।


प्रतिक्रिया

One thought on “हेटौँडाको हुँदै नभएको वडामा १ करोड बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर