न्याय माग्न वैशाखी टेक्दै अदालतबाहिर प्रदर्शनमा पुगे उपप्राध्यापक प्रेम चलाउने (तस्बिरहरू) – Nepal Press

न्याय माग्न वैशाखी टेक्दै अदालतबाहिर प्रदर्शनमा पुगे उपप्राध्यापक प्रेम चलाउने (तस्बिरहरू)

काठमाडाैं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा जिल्ला अदालत काठमाडौंबाहिर प्रदर्शन गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनको पक्षमा प्रदर्शन भएको हो ।

सोमबार चलाउने आफै अदालत पुगेका थिए । प्रहरीले उनलाई केही समय नियन्त्रणमा समेत लिएको थियो । अहिले चलाउनेपनि जिल्ला अदालत परिसर पुगेका छन् । उनी वैशाखी टेक्दै त्यहाँ पुगेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर, प्रेम चलाउनेलाई न्याय दे, विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ, लगायतका प्लेकार्ड बोकेका छन् ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर