ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारी घुससहित पक्राउ
नेपाल प्रेस
२०८० असार ५ गते १३:०३
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारीलाई ४ लाख रुपैयाँ घुससहित दमकबाट पक्राउ गरेको छ।
ग्रामीण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई दमकमा कार्यरत आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरेबापत उनीहरूले घुस लिएको दाबी गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर