स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छः पूर्वराष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छः पूर्वराष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छन् । मंगलबार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

उनले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताइन् ।

उनले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताइन् ।

उनले भनिन्, ‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भुमिका खेलेको छ । देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ । सातै प्रदेशमा विपद् व्यवस्थापन टोली खटाइ स्काउट परिचालन भएको थाहा पाउँदा खुशी लागेको छ । लागुपदार्थ दुव्र्यसनबिरुद्धको अभियानमा युवा स्काउटलाई परिचालन गर्नेजस्ता कार्यले हाम्रो समाजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरामा विश्वस्त छु । पछिल्लो समय नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय सफलता हात पारेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर