चुडामणि शर्मालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ ।
शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय भएको छ।
तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरुलाई दोषी ठहर गरिएको थियो ।
याे पनि पढ्नुस् : कर फर्छ्यौट आयोगविरुद्धको फैसलाः खाएको विष लाग्यो कि नखाएको ?
विशेष अदालतका न्यायाधिशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइराला क़ानून विषय फेरी पड़न बिध्यालय जाने कहिले होला?