बौद्धमा हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद, हुण्डीको आशंका
नेपाल प्रेस
२०८० असार ५ गते २०:५०
काठमाडौं । प्रहरीले बौद्धको एक हस्तकला पसलबाट साढे ३३ लाख रुपैयाँ बरामद गरेको छ । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीको आशंका छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार हुण्डीको कारोबार भइरहेको आशंकामा हिमालय हस्तकला पसलमा छापा मारिएको थियो । प्रहरीले पसलमा काम गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर