आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ घट्यो – Nepal Press

आजको विदेशी मुद्राको विनिमय दर, युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ८९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको थियो । युरो खरिद दर ३८ पैसा र बिक्रीदरमा  ४६ पैसाले युरोको भाउ घटेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रुपैयाँ २४ पैसा र बिक्री दर १६८  रुपैयाँ ०० पैसा, रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९५  पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *