सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्छ : हर्क साम्पाङ
नेपाल प्रेस
२०८० असार ६ गते ९:३२
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् ।
फेसबुकमा उनले सुगौली सन्धि भारतसँग नभई इस्ट इन्डिया कम्पनीसँग भएकाले उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नहरेपछि सन्धि समाप्त भएको बताएका छन् ।
‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले भनेका छन्, त्यो सन्धि भारत सङ्ग भएको होइन ब्रिटेन सङ्ग भएको थियो १ अब भारतमा ब्रिटिस राज नरहे सङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनु पर्छ ।’
मेयर साम्पाङले आफूले १५ वर्षदेखि यो विषय उठाउँदै आएका पनि बताएका छन् ।
प्रतिक्रिया
One thought on “सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्छ : हर्क साम्पाङ”
Leave a Reply
सम्बन्धित खवर
गोर्खाल्यान्डको आधिपत्य पुन:स्थापित गरौंं।