योग दिवसमा नेपाल भारत मैत्री संघसहितको शिविर सम्पन्न
नेपाल प्रेस
२०८० असार ६ गते १३:४०
काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल भारत मानव विकास तथा मैत्री संघले योग शिविर आयोजना गरेको छ ।
गान्धी ग्लोबल फेमिली नेपाल र लाइन्स क्लव सिम्रिक ग्रुपसमेतको आयोजनामा नयाँ बानेश्वरको आनन्द इभेन्टमा आयोजित शिविरमा नेपालस्थित भारतीय दूतावासको राजनीति तथा शैक्षिक मामिला हेर्ने प्रथम सचिव प्रियदर्शिनी आर सहभागी थिइन् ।
राष्ट्रियसभा सदस्य नारायण दाहाल, प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही, मैना कार्कीसमेतको उपस्थिति रहेको शिविरको संयेजन पार्वती भण्डारी र राजु हुमागाईंले गरेको आयोजकले जनाएको छ ।
तीन घण्टा चलेको शिविरमा स्थानीयको सहभागिता थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर