विद्यालयका कर्मचारीलाई खरिदार सरह सेवा सुविधा दिन सरकारसँग एमालेको माग (भिडिओ) – Nepal Press

विद्यालयका कर्मचारीलाई खरिदार सरह सेवा सुविधा दिन सरकारसँग एमालेको माग (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरिदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो माग गरेका हुन् ।

सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा गरेको सम्झौताअनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने सचेतक बर्तौलाले बताए ।

उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलव पाउने गरेको उल्लेख गर्दै यस्तो तलवले कसरी उनीहरुको गुजारा चल्न सक्छ ? भनि सरकारलाई प्र्र्र्र्रश्न गरे ।

‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रुपमा काम गरिरहनु भएको छ । कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ । कल्पना गर्नोस् । ८ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ । परिवार हुन्छ । ८ हजार तलवले के गर्छ ? १० हजार छ सय तलवले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ?’, बर्तौलाले भने ।

त्यस्तै, यो कामलाई पूरा गर्न सरकारले सहमति पनि गरेको उल्लेख गर्दै बर्ताैलाले न्यूनतम तलव सुविधा उनीहरुले खरिदार सरहको माग गरेर आन्दोलन गरिरहेकाे बताए ।

‘सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौंता गर्यो । सर्वोच्च अदालतबाट पनि उहाँहरुको पक्षमा आदेशहरु भए । तर कार्यान्वयन भएको छैन । म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु-ती कर्मचारीहरु जसले उठाएको माग न्यायोचित छन । ती मागहरु पूरा गर्ने तर्फ यहाँको दृढताका साथ भूमिका रहोस् । पहलकदमी रहोस् । म यो माग गर्न चाहन्छु’, उनले भने, ‘उहाँहरुले उठाएको यो विषयमा म नेकपा एमालेको तर्फबाट, म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यवद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमती र उठाएका मागलाई सम्बोधन गर्नका लागि आग्रह गर्न चाहन्छु । ’

सचेतक बर्ताैलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको गम्भिर ध्यानाकर्षण समेत गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर