घट्यो हवाइ भाडादर, कहाँ जान कति लाग्छ ? (सूचीसहित) – Nepal Press

घट्यो हवाइ भाडादर, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाइ भाडादर घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणले आजैबाट लागू हुनेगरी हवाई भाडा दरमा सोहीअनुसार नयाँ फ्युल सरचार्ज लागू गरेको जनाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटेर १५१ रुपैयाँ कायम गरिएको थियो । यो सँगै प्राधिकरणले पनि आजैबाट हवाइभाडा दर घटेको जनाएको छ ।

अब सुर्खेत चौरजहारीको भाडा ७५ रुपैयाँले घटेको छ । काठमाडौ रुकुमको २९५ रुपैयाँ भाडा घटेको छ । नेपालगंज सिमिकोटको भाटा २ सय रुपैयाँले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *