हचुवाका भरमा आलु, प्याज र फलफूलमा लगाइएको कर हटाउन सरकारलाई १६ बुँदे माग – Nepal Press

हचुवाका भरमा आलु, प्याज र फलफूलमा लगाइएको कर हटाउन सरकारलाई १६ बुँदे माग

काठमाडौं । उपभोक्ता हित सरोकारवाला संस्थाहरूले आलु प्याज लगायतका फलफूल तथा अत्यावश्यक सामग्रीमा लगाइएको कर हटाउन सरकारसँग १६ बुँदे माग गरेका छन् ।

आज राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धान मञ्चले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सरकारलाई १६ बुँदे माग प्रस्तुत गरेका हुन् ।

उपभोक्ता अधिकारकर्मीहरुले सरकारको पछिल्लो नीति तथा कार्यक्रमले उपभोक्ताको हक तथा खाद्यसम्बन्धी हकलाई बेवास्ता गरी दैनिक अत्यावश्यकीय वस्तुहरूमा बजेटको इतिहासमै नलगाइएको हचुवाको भरमा भ्याटमा समावेश गरिएको गुनासो व्यक्त गरेका छन् ।

पूर्ति व्यवस्था अस्तव्यस्त भई उपभोक्ताले कालोबजारी र नाफाखोरी व्यापारीको चर्को मूल्यको मारमा पर्न गर्न बाध्य भएको संस्थाहरूको भनाइ छ ।

श्रम र पुँजी लगानी नगरी नाफा आर्जन गर्ने सबै प्रकारका बिचौलियाको अन्त गर्न पनि उनीहरूले सरकारसमक्ष माग राखेका छन् ।

कृषि बजारमा बिचौलिया हाबी रहेको उल्लेख गर्दै त्यसलाई रोक्दै नेपाली कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने व्यवस्था हुनुपर्नेसमेत माग प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर