गेरु वस्त्रभित्र लुकाइएको देशविरोधी हतियार
२०६२ साल वैशाखको दिन थियो सायद । पुराण वाचनबाट लोककल्याणकारी काम गर्दै आउनुभएका प्रख्यात पण्डित नारायणप्रसाद पोखरेललाई रुपन्देहीमा पुराण वाचन गरेकै ठाउँमा माओवादीले गोली हानी हत्या गरेको समाचार समाजमा डढेलो झैं फैलिएको थियो । कारण थियो, उहाँको आकर्षक कथा वाचन गरेर गरिबदेखि धनीसम्म सबैलाई एकै थलोमा भेला गर्ने खुबी । जातीय छुवाछूतविरुद्ध उभिनुहुने उहाँ सामूहिक व्रतबन्ध गराउनुहुन्थ्यो । पैसा उठाएर समाज कल्याणको काम त गर्नुहुन्थ्यो नै, पुराणमा भेला भएकाहरुलाई कथा वाचनमा ध्यानस्थ बनाएर मानसिक उपचार र मान्छेलाई हिंसामा नफर्कने बनाउने खुबी थियो उहाँमा ।
उहाँको हत्याको दिन सम्झिँदा अहिले पनि जिउ सिरिङ हुन्छ । म झापामा थिएँ । पैंचो सामान तिर्न हाम्री आमा छिमेकीको घर जानुभएको थियो । उहाँलाई बाटैमा कसैले पण्डित नारायण पोखरेललाई माओवादीले हत्या गरेको खबर सुनाइदियो । आमा अचेत भएर बाटोबाटै फर्केर आउनुभयो । आमा आत्तिएर आएको देखेपछि हामीले सोध्यौं- के भयो आमा ? आमाले सुस्केरा हाल्दै भन्नुभयो- अस्ति हामी पुराण सुन्न गएका पण्डित थिए नि, तिनै पण्डितलाई माओवादीले गोली हानेर हत्या गरे रे !
हामी पनि आफूले नजिकैबाट देखेका पण्डित मारिएको भन्ने सुनेपछि एकछिन केही बोल्नै नसक्ने भयौं । खासमा माछामासुसमेत नखाने हाम्रो परिवारमा हत्या भएको सुन्ने क्षमता पनि थिएन । माओवादी कार्यकर्ता भूमिगत रुपमा लुकेर हाम्रै गाउँघरतिर आउने, जनताका दुःखपीडाका कुरा गर्ने गरेको हामीले यदाकदा देखेका थियौं । अझ हामीलाई पढाउने एकजना शिक्षकले माओवादीमा लागेर ज्यान गुमाएको हामीले देखेकाले माओवादी युद्ध नेपालमै, नेपाली जनताले नै आफ्नो सुखको माग गर्दै गरेको आन्दोलन हो भन्ने भान हामीलाई परेको थियो ।
तर, नारायण पोखरेलको हत्या भएको त्यो घटनापछि मनमा अचानक एउटा प्रश्न आयो- नारायण पोखरेलले के अत्याचार गरेका कारण मारेका होलान् ? माओवादीको सबैभन्दा ठूलो र नाम चलेको नेता प्रचण्डलाई भेट्न पाए पनि यसबारे सोध्नुहुन्थ्यो भन्ने लाग्थ्यो ।
राजनीतिमा देखाउने एउटा कुरा हुन्छ र हुने अर्काे कुरा हुन्छ भन्ने उदाहरण माओवादी हो । यस्तो दुई चरित्र बोकेका उनीहरु एकातिर दिल्लीमा बसेर भारतको स्वार्थका लागि युद्धको रणनीति बनाउँथे भने यता निर्दाेष कार्यकर्तालाई भारतीय विस्तारवाद मुर्दावाद भन्ने नारा दिएर ज्यान फाल्न लगाउँथे ।
धेरै समय माओवादीकाल हेर्याैं हामीले । त्यतिबेला, जतिबेला हिंसात्मक गतिविधि उत्कर्षमा थियो । भारतमा आफूलाई हिन्दूवादी पार्टी भन्ने आरएसएसको माउ संगठन भारतीय जनता पार्टीको सरकार थियो । माओवादी हिंसाका नायक प्रचण्ड र भट्टराईले भाजपाका प्रम अटलबिहारी वाजपेयीसमक्ष भारतको हितमा काम गर्ने कबुलसहित सशस्त्र युद्धलाई भारतीय पक्षको सहयोग मागेको समाचार आयो ।
कार्यकर्तामा चाहिँ नेतृत्वले भारतीय विस्तारवादविरुद्ध लडिरहेको विश्वास दिलाइएको थियो । त्यसैले भारतविरोधी नारा चर्किएको थियो नेपालमा । तर, नेतृत्व भने बाजपेयीलाई दण्डवत गर्दै हामी भारतविरोधी होइनौं, भारतविरोधी नारा भारतकै हितका लागि आफू शक्तिमा आउने प्रोपोगाण्डा भएको बिन्ती बिसाउँदै थिए । किनकि उनीहरु भारतमै बसेका थिए । यस्तो देख्दा भारत र आफ्ना दुःखी कार्यकर्ता दुईमा एकथरीलाई प्रचण्डले पक्कै धोका दिएको हुनुपर्छ भन्ने म मनमनै निष्कर्ष निकाल्थें ।
म खुब सोच्थें, नेपालमा यतिबिघ्न खोजी भएका प्रचण्डले भारतमा बसेर, उतैबाट हतियार सप्लाइ गरेर नेपालमा यस्तो काटमार गराउन कसरी सकेका होलान् ? किनकि नक्सलवादी(भारतका माओवादी)हरुलाई पाए एकै चिहान बनाउने भारतले नेपालमा उस्तै हिंसा गरिरहेका नक्सलवादी प्रचण्डलाई देख्दैन होला ? भारतले चाह्यो भने दुई मिनेट पनि उनी त्यहाँ लुकेर बस्न सक्दैनन् भन्ने कुरा सिमानामा बस्ने भएको नाताले पनि हामी जान्दथ्यौं । मनमा आएका यी सबै प्रश्नको जवाफ खोज्दै जाँदा थाहा हुँदै गयो, प्रचण्ड भन्ने मान्छे भारतको सुरक्षित ठाउँमा आफ्ना परिवारलाई सुरक्षित राख्दै आफू पनि उतै बसेर नेपालमा युद्ध झोसिरहेका छन् ।
जुन कुरा भारतीय गुप्तचर संस्था ‘रअ’को समन्वयमा भारतको चक्राटामा माओवादी सैनिकलाई तालिम दिइएकोबाट प्रस्ट भयो । नेपालको सैनिक सुरक्षा निकायसँग जोडिएका तत्कालीन राजदरवारका सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरवार’ पुस्तकमा यो कुरा उल्लेख गर्नुभएको छ । त्यहाँ भनिएको छ- पूर्वी पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउने क्रममा बंगाल मुक्ति बाहिनीलाई जस्तै नेपालका माओवादी छापामारहरुलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को समन्वयमा भारतको चक्राटामा तालिम दिइएको थियो ।
राजनीतिमा देखाउने एउटा कुरा हुन्छ र हुने अर्काे कुरा हुन्छ भन्ने उदाहरण माओवादी हो । यस्तो दुई चरित्र बोकेका उनीहरु एकातिर दिल्लीमा बसेर भारतको स्वार्थका लागि युद्धको रणनीति बनाउँथे भने यता निर्दाेष कार्यकर्तालाई भारतीय विस्तारवाद मुर्दावाद भन्ने नारा दिएर ज्यान फाल्न लगाउँथे । उता विस्तारवादीहरुसँग साँठगाँठ यता वर्ग संघर्षको प्रचार, साँच्चै भ्रममा थियौं हामी ।
प्रचण्डको अवतार हेर्दा के लाग्छ, उनी हतियारबद्ध युद्ध गर्दा होस् वा अहिले भारतीय शक्तिपीठमा गएर आफ्नो घोषित सिद्धान्तविपरीत गेरु वस्त्र लगाएर भारतले चाहेअनुसारका सम्झौता गर्दा होस्, उसैका निम्ति काम गरिरहेका छन् । विदेशीको खेलौना रहेको उनको यही चरित्र उजागर भएका कारण उनको पार्टी खिइएको छ ।
मेरा मनमा त्यसबेला उठेका प्रश्नहरुको त शान्ति प्रक्रियापछि मूर्त जवाफ प्रचण्डबाटै आयो । भारतीय एक पत्रकारसँगको अन्तर्वार्तामा आफूले भारतमै बसेर १० वर्षे युद्ध हाँकेको र त्यसमा भारतको सद्भाव रहेको उनले बताइदिए । भने- ‘आज त म भन्न सक्छु, भारतको साथविना हामी युद्ध लड्न सक्ने थिएनौं । उहाँहरुको साथ छ र रहनेछ हामीलाई ।’ अझ भारतीय प्रोफेसर एसडी मुनीले आफ्नो पुस्तकमा प्रचण्ड र बाबुरामले भारतीय जासुसी संस्था ‘रअ’मार्फत तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीसमक्ष आफूहरुले भारतको हितमा काम गर्ने लिखित प्रतिबद्धता नै जनाएको उल्लेख गरेका छन् ।
आज उनै प्रचण्डको अवतार हेर्दा के लाग्छ, उनी हतियारबद्ध युद्ध गर्दा होस् वा अहिले भारतीय शक्तिपीठमा गएर आफ्नो घोषित सिद्धान्तविपरीत गेरु वस्त्र लगाएर भारतले चाहेअनुसारका सम्झौता गर्दा होस्, उसैका निम्ति काम गरिरहेका छन् । विदेशीको खेलौना रहेको उनको यही चरित्र उजागर भएका कारण उनको पार्टी खिइएको छ । त्यसको क्षतिपूर्ति फेरि पनि गेरु वस्त्रभित्र बसेर भारतको साथ लिएर उठाउने ध्याउन्नमा उनी छन् ।
कुनै समय भाजपाले माओकै चीनविरुद्ध सञ्चालित कथित माओवादीलाई पशुपतिदेखि तिरुपतिसम्म रेड कोरिडोर भनेर भाजपा नेता लालकृष्ण आडवाणीले प्रोपोगाण्डा गरेका थिए । त्यसको जवाफ चीनले तुरुन्त दिएको थियो । नारायणप्रसाद पोखरेलदेखि मुक्तिनाथ अधिकारी जस्ता संस्कृत पढाउने समाज सुधारकहरुको हत्या गरेका माओवादीले अहिले आफ्ना मालिकले आदेश दिएपछि महाकालेश्वरदेखि पशुपतिनाथसम्मको यात्रा गर्दै आडवाणीले भनेको रेड कोरिडोरबाट नरेन्द्र मोदी कोरिडोरमा परिणत भएको छ । यसबीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको नाम बदलेर भाजपा नेकपा मोदीवादी केन्द्र राखे भने केही आश्चर्य नमान्दा हुन्छ ।
आज पनि प्रचण्ड उही दोहोरो भूमिकामा भएको तथ्यलाई उनैले भारत भ्रमण गएर गेरु वस्त्र लगाएको र नेपाल आएर बोलेको कुराले प्रस्ट गर्छ । उता पुगेर गेरु वस्त्र लगाउने अनि यता आएर भने- ‘अर्बाैं भारतीय नागरिकको मनमा चिसो नपसोस् भनेर मैले गेरु वस्त्र लगाएँ ।’ यसको अर्थ के ? म भारतको हित चाहन्छु होइन ?
भारतबाट आएपछि प्रचण्डको अर्को वक्तव्य छ- ‘संस्कृत भाषामा अथाह ज्ञान छ ।’ त्यसो भए हिजो किन संस्कृत गुरुहरुलाई मारेको ? किन संस्कृतका पुस्तक जलाएको ? संस्कृत पढेर फर्केका बटुकको टुप्पी किन काटेको ? जवाफ दिनुपर्दैन ?
कतिसम्म बहुरुप भने भारतकै संरक्षणमा आफू बसेर भारतीय विस्तारवादविरुद्ध युद्ध लडेको भनेर आफ्नै योद्धालाई ढाँट्न सक्ने उनै प्रचण्ड हुन् । सामन्तवादका विरुद्ध लडेको भनेर कार्यकर्तालाई ढाँटेर दलहरुका विरुद्ध तत्कालीन राजा ज्ञानेन्द्रसँग साँठगाँठ गर्न सक्ने उनै हुन् । २०६१ माघ १९ को राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनपूर्व उनी राजदरवारका प्रतिनिधिहरुसँग संवादका साथ कतिवेला सत्ता प्राप्ति होला भनेर ढुकेर बसेको कुरा छिपेको छैन ।
प्रचण्ड उही दोहोरो भूमिकामा भएको तथ्यलाई उनैले भारत भ्रमण गएर गेरु वस्त्र लगाएको र नेपाल आएर बोलेको कुराले प्रस्ट गर्छ । उता पुगेर गेरु वस्त्र लगाउने अनि यता आएर भने- ‘अर्बाैं भारतीय नागरिकको मनमा चिसो नपसोस् भनेर मैले गेरु वस्त्र लगाएँ ।’ यसको अर्थ के ? म भारतको हित चाहन्छु होइन ?
इतिहास, धर्म, संस्कृतिका अनुसन्धाताद्वय अर्जुन ज्ञवाली र पेशल निरौलाको पुस्तक वाइवल र माओवादमा उल्लेख छ- प्रचण्ड राजा ज्ञानेन्द्रलाई सिंगापुरमा भेट्ने भनेर नयाँ सुट सिलाएर राजाको संकेत कुरेर बसिरहेका थिए । तर, माघ १९ को कदमले उनको सपना तुहियो । अनि उनी सत्ता हात पार्ने अर्को ध्याउन्नमा लागे (ज्ञवाली र निरौला,वाइवल र माओवाद, पेज ३७७, स्वदेश प्रकाशन) ।
उनै दाहाल हुन्, जसले गेरु वस्त्र लगाउने पण्डितलाई पुराण वाचन गरिरहेकै ठाउँमा विभत्स हत्या गर्न लगाए । गोरखाको गोरखनाथ मठका महन्तलाई कालोमोसो दले, जुम्लामा चन्दननाथका महन्तमाथि आक्रमण गरे । चन्दननाथ उनै थिए, जसले पृथ्वीनारायण शाहलाई सूक्ष्म आध्यात्मिक शक्ति सञ्चार गरिदिन्थे । त्यस्ता सन्तहरु खोजीखोजी सामाजिक कारबाही भन्दै मोसो दले, कुटे, अपहरण गरे । पुजारीहरुका जनै कटिदिए, मन्दिरका भित्तामा गाई मारेर आन्द्रा झुण्ड्याइदिए, बाबु-आमाको काजक्रिया गरेर बसेका शोकाकुल मानिसहरुलाई धर्मभिरु भनेर मारिदिए । त्यसको एक उदाहरण वाग्लुङका टुकनाथ शर्मा हुन्, जसलाई आमाको क्रिया बसेको ठाउँबाट ढिकुरो फुटाएर गलहत्याउँदै अपहरण गरेका थिए । संस्कृत भाषामा ज्ञान बाँडेको भनेर शिक्षकहरु कतिलाई गोली हानेर मारे, कतिलाई घाँटी रेटेर विभत्स हत्या गरे । संस्कृतमा लेखिएका ग्रन्थ जलाए, संस्कृत भाषा पढ्नेहरुका टुप्पी काटिदिएर अपमान गरे ।
उनीहरुले महेन्द्र संस्कृत विश्वविद्यालय दाङमा रहेका ४५० वर्ष पुराना हस्तलिखित संस्कृत ग्रन्थहरु खोजीखोजी जलाए । यिनीहरु नालन्द र तक्षशिला जलाउने वत्तियार खिल्जीभन्दा कम गरेका थिएनन् । यिनीहरुको क्रियाकलाप त्यस्तै थियो, जस्तो अफगानिस्तानको बामियानमा रहेको १८०० वर्ष पुरानो बुद्ध मूर्तिदेखि एउटा संस्कृति मास्नलाई तालिवानले काम गरिरहेका थिए । फरक के थियो भने त्यहाँ इस्लामको नारा बिक्ने हुनाले पश्चिमाहरुले तालिवान खडा गरेका थिए, नेपालमा माओवादको नारा बिक्ने हुनाले नक्कली माओवादी खडा गरेर इण्डोपश्चिमा शक्तिले नेपालका सांस्कृतिक सम्पदा विध्वंश गरेका थिए । न अफगानिस्तानको तालिवान इस्लाम रक्षाका लागि थियो न त नेपालको माओवादका नाममा चलाइएको हिंसा कम्युनिष्ट क्रान्ति र राष्ट्रको हितका लागि थियो ।
घटनाक्रमले कास्मिर भारतलाई बुझाउने हरि सिंहको फ्युजन अवतारमा माओवादीलाई देखाउँछ । किनकि उसलाई हिजो युद्धमा उतार्ने र आज गेरु वस्त्रमा सिंगार्ने दुबै काम भारतको हो । प्रचण्डको मनमा धर्मप्रतिको धारणा विकास भएर वा बोध प्राप्त भएर उनले गेरु वस्त्र लगाएका होइनन् । धर्मधारण गर्ने कुरा हो, यो महसुस हुन्छ र व्यवहासमा देखिन्छ । यो देखाउने कुरा होइन । जब मान्छे लाखौं तीर्थस्थल भएको देशमा कुनै मन्दिरमा झुक्न नसक्ने तर भारतमा पुगेर एकैचोटी गेरु वस्त्रमा देखिनुले कसैको भार बहन गरेको प्रस्ट हुन्छ ।
उनले हिजो जसरी बन्दुक उठाउन निर्देशन पाए र भारतकै सेल्टरमा रहेर नेपालमा हिंसाको उत्पात मच्चाए । आज त्यसैगरी त्यसैबाट गेरु वस्त्र लगाउन र भारतीय सत्ताको लागि अनुकूल भूमिका खेल्न निर्देशन पाए, बस त्यसै गरे । राष्ट्रिय जनमतलाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन र मालिकको सेवा गर्न उनले जे जे गरे त्यसको विरोधाभाष खोजेर गेरु वस्त्रको पक्ष वा विपक्षमा तर्क दिइरहनु जरुरी छैन । उता बसेर नेपालमा हिंसा मच्चाउँदा वा उतै गएर गेरु वस्त्र लगाउँदा उनले एउटै शक्तिको सेवा गरेका हुन् र नेपालमाथि पराइको बलियो नियन्त्रण कायम गर्न भूमिका खेलेका हुन् ।
प्रचण्डको मनमा धर्मप्रतिको धारणा विकास भएर वा बोध प्राप्त भएर उनले गेरु वस्त्र लगाएका होइनन् । धर्मधारण गर्ने कुरा हो, यो महसुस हुन्छ र व्यवहासमा देखिन्छ । यो देखाउने कुरा होइन ।
फेरि प्रचण्ड कालको हिंसाले तयार गरेको सामाजिक मनोविज्ञानतर्फ फर्काैं ।
त्रासबाट समाजमा आफ्नो वर्चस्वका लागि पहिले स्थानीय समुदायबीच जातीय, क्षेत्रीय र अरु अनेक खालका झगडाका बीउ रोप्ने, एकलाई दुईमा विभाजन गर्ने र बाँदरले रोटी भाग लगाइदिएको कथामा जस्तो त्यसबाट शक्ति आर्जन गर्ने रणनीति अपनाए प्रचण्डले । उनको अपराधमा सहयोगी भए जस्तोसुकै सामन्त पनि जनवादी हुने, जस्तोसुकै बदनाम अपराधी पनि क्रान्तिकारी हुने, उनको अपराधको समर्थन नगरे वा तटस्थ रहे त्यसमाथि अनेक धम्की र संकट खडा गरेर लखेट्ने, धम्क्याउने, विस्थापित गर्ने, मार्ने काम माओवादी हिंसाकालको विशेषता हो ।
कहिले एमालेको कार्यकर्ता, कहिले कांग्रेसको नेता, कतै स्वास्थ्य कार्यकर्ता, कतै शिक्षक त कतै मन्दिरका पुजारी मारिए । कतै समाचार लेखेको भनेर डेकेन्द्र थापा जस्ता पत्रकारहरु रेटिए, कतै गुरुहरु संस्कृत पढाएको आरोपमा मारिएर रुखमा झुण्ड्याइए । आज उनै दाहालले गेरु वस्त्र लगाउँदैमा यी सबै अपराधहरु समाजले बिर्सन मिल्छ ? इतिहास सय या पचास वर्षको हुँदैन । जे सत्य हुन्छ । त्यो अनन्त रहिरहनेछ । अपराध गरेर रक्ताम्य हात गेरु वस्त्रभित्र लुकाउन लगाइएको गेरुलाई उनको रुपान्तरण भएको घटनाका रुपमा व्याख्या गर्न मिल्छ ? यो त अपराध छोप्न पहेंलो वस्त्रको दुरुपयोग गरिएको हो । नेपाली समाजको धार्मिक भावनालाई दुरुपयोग गरेर नेपालमाथि प्रभुत्व कायम गर्न बाह्य शक्तिको गोटी बन्नु प्रत्यक्ष युद्धभन्दा पनि ठूलो अपराध हो ।
आज गेरु वस्त्रमा लुक्न आइपुग्ने प्रचण्डको नेतृत्वको कति हिंसात्मक थियो भने नारायण पोखरेललाई मारिएको दिन सम्झन्छु । आमाको व्रत थियो । बुवाले आदेश जस्तै गरी आमालाई भन्नुभयो- खुदुनाबारीमा चलिरहेको पुराण पनि बन्द भयो रे, तिमी आज पनि मन्दिर नजाऊ । मन्दिर जानेलाई मार्छन् रे ! बाँचिरहे मन्दिर जाउँला । मान्छेहरु एकअर्कालाई पाठपूजा, मृत्युको काजक्रियाका विषयमा सोध्न डराउँथे । मन्दिर जान डराउँथे । आफ्ना धार्मिक र परोपकारी भावनालाई दबाएर प्रचण्डहरुले चलाएको हिंसामा मान्छेहरु निगाहको जिन्दगी बाँचेका थिए ।
हिंसा सहनु र त्यसलाई व्यक्त गर्न पनि नपाउनु ? कस्तो कहर थियो हामीमा त्यो बेला । त्यसको क्षतिपूर्ति दाहालले गेरु वस्त्र लगाउँदैमा हुन्छ ? समाजमा शोक मनाउन त के कसले मारेको भनेर प्रश्न गर्नेलाई पनि मार्छन् रे भन्ने आतंकको सजाय नपाइ यसको बैठान हुनसक्छ ?
राष्ट्रिय जनमतलाई भ्रममा राखेर आफ्नो दुनो सोझ्याउन र मालिकको सेवा गर्न उनले जे जे गरे त्यसको विरोधाभाष खोजेर गेरु वस्त्रको पक्ष वा विपक्षमा तर्क दिइरहनु जरुरी छैन । उता बसेर नेपालमा हिंसा मच्चाउँदा वा उतै गएर गेरु वस्त्र लगाउँदा उनले एउटै शक्तिको सेवा गरेका हुन् र नेपालमाथि पराइको बलियो नियन्त्रण कायम गर्न भूमिका खेलेका हुन् ।
किनकि माओवादीको हिंसात्मक आक्रमणको निशाना नेपाली मौलिक संस्कृति थियो । उनीहरुले नेपालको संस्कृति मेटिँदामात्र देश विकास हुन्छ भन्ने अभियान नै चलाएका थिए । यसमा भाजपा र आरएसएसको पूर्ण साथ थियो । भाजपा अखण्ड भारतको एजेण्डामा नेपालको नाम निशाना मेट्न चाहन्थ्यो । जुन अखण्ड भारतलाई नेपालका माओवादीहरुले दक्षिण एसियाली फेडेरेसन सी कम्पोसा भनेर घुमाउरो रुपमा हिंसाकालमै अघि सारेका थिए । आज प्रखर भएको भारतको अखण्ड भारत अभियानका एक अभियन्ता स्वयं प्रचण्ड हुन् । जसलाई सफल बनाउन उनले भारत भ्रमणका अनुकूल भूमिका खेले । आज प्रम भएर पनि भारतका नेपालविरुद्धका कुनै पनि अभियानमा उनी चुप छन् ।
सँगसँगै भुल्नै नहुने अर्को तथ्य के छ भने मन्दिर भत्काउने र मूर्तिहरु फुटाउने काम जति भयो, त्यति नै रफ्तारमा चर्चहरु निर्माण गरिएका थिए माओवादी आन्दोलनको वेला । त्यसबेला बनेका चर्चहरुको हिसाब लिने हो भने माओवादीले कसको लागि काम गरिरहेको छ भन्ने पाटो पनि प्रस्ट हुन्छ । गुरुकुलबाट गुरुहरु निकालेर टुप्पी काट्ने र चर्च निर्माणको रफ्तार एकै समय भएको हो । किनकि एकातिर मन्दिरमा गाई काटेर आन्द्रा झुण्ड्याउँदै गर्दा, पण्डितहरु मारिँदै गर्दा, सामान्य गरिखानेहरुको घाँटी रेटिँदै गर्दा गाउँगाउँमा आईएनजीओहरु माओवादीकै सुरक्षामा खुलेआम काम गर्न पाउँथे । यसले कुरा के थियो भन्ने प्रस्ट हुन्छ । ‘बाइवल र माओवाद’ पुस्तकमा उल्लेख भएअनुसार आठ हजारभन्दा बढी चर्चहरु माओवादी युद्धकालमा निर्माण भएका थिए ।
त्यसताका किसान पृष्ठभूमिको नेपाली समाजमा ऐंचापैंचो गरेरै जीवन चल्थ्यो । मान्छेहरुमा एकअर्काप्रति विश्वास र आदर थियो । साँझमा घरमा आएका पाहुना देवता हुन् भन्ने धार्मिक चेतबाट समाज चल्थ्यो । तर, माओवादीको यो हिंसाबाट परस्परमा ईर्ष्या, आशंका, आक्रमण, निन्दा र स्वार्थपूर्तिको संस्कृति हुर्कियो । आफ्ना कुराको समर्थन गर्दैनन् भने ती तिम्रा दुश्मन हुन् भन्ने आजको समाजमा जुन मनोभावना विकास भएको छ, त्यसको स्रोत माओवादी हिंसा हो ।
त्यो किन पनि भयो भने साधारण मान्छेका जीविकाका सबै साधनहरु उनीहरुले नष्ट गरे । स्वास्थ्य चौकी डढाए, स्कूल भत्काए, पुल र सडक भत्काए, विचार नमिल्नेका घरमा आगो लगाए, ४ वर्षीया काजोल खतुनलाई भित्र थुनेर घरमा आगो झोसिदिए । बालबालिकालाई अगाडि राखेर अभिभावकको घाँटी रेटेर देखाए, लास घिसार्न लगाए, त्यही घरको खोरमा बाँधेको खसी र जोत्दै गरेका किसानका हलगोरु तानेर काटेर मासुभात पकाउन लगाए, खाए र गए । यस्तो विभत्स हिंसा भोगेको समाज आज संवेदनाहीन हुनु स्वाभाविक हो ।
अपराध गरेर रक्ताम्य हात गेरु वस्त्रभित्र लुकाउन लगाइएको गेरुलाई उनको रुपान्तरण भएको घटनाका रुपमा व्याख्या गर्न मिल्छ ? यो त अपराध छोप्न पहेंलो वस्त्रको दुरुपयोग गरिएको हो । नेपाली समाजको धार्मिक भावनालाई दुरुपयोग गरेर नेपालमाथि प्रभुत्व कायम गर्न बाह्य शक्तिको गोटी बन्नु प्रत्यक्ष युद्धभन्दा पनि ठूलो अपराध हो ।
युद्धमा जो जो सामेल भए, तिनीहरु साधारण वर्गका मानिस थिए । आज हिंसाका ती घटनाबारे चर्चा गर्दा पक्कै पनि उनीहरुलाई आफ्नो अपमान भएको महसुस हुन्छ । तर, यसमा उनीहरुको कुनै दोष छैन । माओवाद नेपालको नेपालत्व ध्वस्त गर्न बनाइएको थियो भन्ने बुझ्न नसकेर त्यसमा प्रयोग हुनु उनीहरुको कमजोरी हो ।
कतिलाई लाग्दो हो, अब पछि फर्केर किन हेर्नू । तर, १० वर्ष हिंसाले मारेको जीवन, मन, सकारात्मकता, विश्वास, परस्पर सद्भाव उठ्न उति सहज छैन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें भनिरहनुहुन्छ- ‘माओवादी भारतले छोडेको ‘ट्रोजन हर्स’ हो’ । जुन कुरा जति पछि भयो त्यति प्रमाणित भैरहेको छ । सबै कुरा यहाँ राख्न सम्भव नभएकोले ‘ट्रोजन हर्स’ के हो भनेर जान्न यो लिङ्कमा जानुहोला ।
त्यसैले ‘पिक्चर अभी बाँकी है मेरे दोस्त’ भन्ने हिन्दी फिल्म जस्तै हिंसात्मक आन्दोलनबाट सत्ता कब्जा गर्ने माओवादीको १० वर्षे हिंसात्मक युद्धको परिणाम देशले भोगिरहेको छ र अझै भोगिरहनेछ । युद्धबाट मारिएका, ज्यान जोगाउन देश छोड्दा मानसिक रुपमा लाखौं मरेका छन् । पूर्वाधार विकासमा देश ५० वर्षपछि धकेलिको छ । त्यसैको परिणाम आज देश खर्बाैंको ऋणमा छ । सयौं कलकारखाना बन्द भए र रोजगारी दिन नसकेपछि जमिन सबै बाँझो राखेर ७० लाखभन्दा धेरै युवा विदेशिएका छन् । समाजमा एकअर्काप्रति द्वेषको भावना फैलिने प्रवृत्ति बढेको छ । हाम्रा धर्म संस्कृति म्हासिएको डोबमात्र हो र ? आगामी हरेक पुस्ताले यसको असर खेप्नुपर्नेछ । हिजो गेरु वस्त्र, दौरा सुरुवाल, संस्कृत शास्त्रको विरुद्ध घृणा फैलाएर सुरु भएको हिंसा आज त्यसैमा पुगेर विसर्जन भएको छ । तर विडम्बना अझै पनि यिनीहरुको अभिनय सकिएको छैन ।
यही गेरु वस्त्र २०५० सालमा नै लगाइदिएको भए यति धेरै जनता मारिने थिएनन् नि ! देश विकासमा यति निचो हुने थिएन । संसारमाझ आज नेपाल पनि देखिने थियो । देशले यो दुर्दशा भोग्नुपर्ने थिएन । हरेक नेपालीसँग प्रश्न यतिमात्र छ कि यसबीचमा भएको क्षतिपूर्ति कसले भर्छ ? जबसम्म यी अपराधहरुको सम्झना गर्न समाज चुक्छ, त्यसको सजाय जनताले दुःख पाएर काट्नुको अर्काे विकल्प छैन । विदेशीको गोटी बनेर कहिले बन्दुक र कहिले गेरु वस्त्रको हतियार बोक्नेको बहुरुपमा अझै झुक्किने हो भने सत्ताका लागि जे पनि गर्न तयार यस्ता पात्र सधैं हुनेछन् र देश यसैगरी अरुको प्रयोगशाला बनिरहनेछ ।
लेखकका केही कुरा तथ्यपरक भए पनि केही कुरा अवास्तविक छ। माओवादी आतंकको उत्कर्षका बेला भारतमा भाजपा हैन क्याथोलिक सोनिया गान्धीको कांग्रेस आईको जगजगी थियो। श्यामशरण जस्ता कथित उदारबाम विचारका ब्युरोक्रेसी तथा हर्मिस थराकान (र प्रमुख ) को ईसाईवादी जमातका कारण संस्कृत माथि आक्रमण र चर्च बढेको कुरा लेखिकाले उल्लेख गरेकी छैनन्। यसमा अझ अटलबिहारीलाई जोड्नु त्रुटिपूर्ण छ। लेख्नु अघि समयक्रमको बारे अलिक गहन अध्ययन गर्नुपर्थ्यो।
शिर्षक एकदम मन पर्यो हजुर ! जय होस् बिनु जि ।