झिनो अंकले बढ्यो नेप्से, याे साता कस्तो रह्यो बजार ?
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से झिनो अंकले वृद्धि भएको छ । यसदिन ४.७५ अंकले बजार बढेर २०५५.५३ बिन्दुमा कायम भएको छ ।
बिहीबार नेप्से बजारमा ८० लाख ८ हजार २४६ कित्ता सेयरको खरिदबिक्री भएको छ । त्यस्तै कारोबारका आधारमा आज सोल्टी होट्ल्स २९ करोड ६३ लाख बढि रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
बुधबार मात्रै १४ अंकले घटेको बजारमा ३ अर्ब बढिको कारोबार भएको थियो । भने आज ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ । चार कम्पनीको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । त्यसैगरी उपसमूह तर्फ ४ वटा समूहको सेयरमुल्य मात्रै बढेको छ ।
यस साता नेप्से बजार शुरुमा उच्च अंकले उछाल हान्दै विस्तारै लयमा आएको देखिन्छ । साताको पहिलो दिन ५२ अंकले वृद्धि भएको बजार देस्रो दिन २ र तेस्रो दिन २६ अंकले ओरालो झरेको थियो । साताको चौथो दिन १४ अंकले घटेको बजार साताको अन्तिम कारोबारका दिन भने बढेको छ ।