मधेशविरोधी भन्दै जनमतले पर्सामा जलायो संघीय बजेट
नेपाल प्रेस
२०८० असार ७ गते १७:००
जनकपुरधाम । जनमत पार्टीले संघीय सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको प्रतिलिपि जलाएको छ ।
जनमतका नेता तथा कार्यकर्ताहरूले पर्साको वीरगञ्जमा जुलुस निकाल्दै बजेटको प्रतिलिपि जलाएका हुन् ।
उनीहरूले ‘मधेशविरोधी बजेट मुर्दावाद’ को नारासमेत लगाए ।
जुलुसमा जनमतका केन्द्रीय नेता वीपी साह, पूर्वमन्त्री करिमा वेगमलगायतका नेता कार्यकर्ता सहभागी थिए । नेता साहले सरकारले औपनिवेशिक शासनकै शैलीमा मधेशबाट कर लिने तर बजेट नदिएको बताए ।
जनमतका अध्यक्ष डा. सीके राउतले समेत बजेट मधेशविरोधी रहेको भन्दै नसच्याएसम्म पारित हुन नदिने सदनमै चेतावनी दिइसकेका छन् ।
प्रतिक्रिया