उडान नियम अटेर गर्ने एनएसीका २ जना पाइलट निलम्बित
नेपाल प्रेस
२०८० असार ७ गते १७:२३
काठमाडौं । नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बनमा परेका छन् । काठमाडौ-नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको आरोपमा उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । ए ३३० मापदण्ड अपरेटिङ प्रोसिजर पनि पालना नगरेको पाइएको प्राधिकरणले जनाएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरिएको बताइएको छ । प्रवक्ता जगन्नाथ निरौलाले यही साता भएको उडानमा दुई पाइलटले नियम उल्लंघन गरेको र उनीहरूलाई स्पष्टीकरण सोधिने बताए ।
पाइलटको नाम र उडान समय भने निरौलाले खुलाउन चाहेनन् ।
प्रतिक्रिया
सम्बन्धित खवर