पोखरामा भाेलिदेखि नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदै – Nepal Press

पोखरामा भाेलिदेखि नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदै

पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि ‘नेपाल-चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।

पोखरामा शुक्रबारबाट सुरु हुन लागेको ड्रागन बोट रेस फेस्टिभल चीनबाहिर दक्षीण एसियामै पहिलो हुन लागेको हो । रेस फेस्टिभल शुक्रबार र शनिबार चल्नेछ । फ्रेन्डसिप ड्रागन बोट रेस फेवातालमा २०० र ५०० मिटरको दौड प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुँदै छन् । पहिलो हुने टोलीले समान ५ लाख ५० हजार प्राप्त गर्नेछन् ।

फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामार्फत आइपुगेका छन् ।

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना हुन लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर