फेवातालमा आजदेखि नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल (तयारीका तस्बिरसहित)
पोखरा । आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ ।
दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज उद्घाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ ।
पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको विमानबाट पोखरा आएका चिनियाँ खेलाडीहरूले आफनो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेको छ ।
आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ ।
पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रूपमा रहेका छन्।
चीनबाटै केरुङ नाका हुँदै ८ वटा विशेष खालका वोट, अन्य आवश्यक सामग्री ल्याइएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना रहेको छ । चीनले यस प्रकारको वोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना गर्दै आइरहेको छ ।
पोखरा पर्यटन परिषद्ले हरेक वर्ष रेस फेस्टिभल आयोजना गर्ने तयारी गरेको छ ।
प्रतियोगितामा विजेतालाई २० लाख नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने छ।
नेपालको पर्यटनमा चीन मुख्य पर्यटकीय स्रोत बजार पनि हो । कोभिड १९ अघि नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढि बढि पर्यटक आउने मुलुकमा चीन थियो । अहिले कोभिडपछि यो संख्या घटेता पनि प्रोटोकलपछि चीनले नेपाललाई पनि खुला गरेकोले पछिल्लो दिनमा नेपालमा आउने पर्यटकको संख्या पनि बढ्दै गइरहेको छ ।
सन २०२३ को मे महिनामा नेपाल आउने पर्यटकमा भारत अमेरिकापछि चीनको तेस्रो स्थानमा छ । मे महिनामा ४६६७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
पर्यटनममन्त्री सुदन किराँतीले चिनियाँ भनाइअनुसार ड्रागनलाई शक्ति, भलाई र परिवर्तनको प्रतीक मानिने उल्लेख गर्दै नेपाल-चीनबीचको सम्बन्धमा फेस्टिभलले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् ।
तस्बिरहरू : राजाराम न्यौपाने ।