रुसी फौजमा नेपाली पुगेकोबारे मैनालीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- सरकारको गहिरो ध्यान गएको छ (भिडिओ)


काठमाडौं । रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा एमालेका सांसद अच्युत मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेका छन् ।
प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा सांसद मैनालीले सोधे, ‘रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारले जवाफ चाहन्छु ।’
प्रचण्डले रुसको नामै नलिई अप्रत्यक्ष जवाफ दिए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरा पनि राख्न चाहन्छु ।’
गत असार ३ गते माओवादी केन्द्रकी सांसद दुर्गा राईले समेत रुसी फौजमा नेपाली युवाहरूको प्रवेश बारेमा संसदमा कुरा उठाएकी थिइन् ।
यो पनि पढ्नुहोस् :
दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ)