चौतर्फी आलोचनापछि घोराही सिमेन्टले भन्यो- वित्तीय विवरण र क्रेडिट रेटिङको जिम्मेवारी लिन तयार छौं – Nepal Press

चौतर्फी आलोचनापछि घोराही सिमेन्टले भन्यो- वित्तीय विवरण र क्रेडिट रेटिङको जिम्मेवारी लिन तयार छौं

काठमाडौं । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गरेको घोराही सिमेन्टको वित्तीय विवरण र क्रेडिट रेटिङबारे जिम्मेवारी लनि तयार रहेकाे बताएकाे छ ।

रेटिङलाई लिएर चौतर्फी आलोचना भएपछि कम्पनीले आईपीओ निष्काशनको क्रममा पेश भएका विवरण पत्र, वित्तीय विवरण र क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणको जिम्मेवारी लिन आफू तयार रहेको घोषणा गरेको हाे ।

घोराहीले एक प्रेस विज्ञप्ति जारी गर्दै सेयर निष्काशन खुला भइरहेकै समयमा व्यावसायिक प्रतिष्ठा र ख्यातिमाथि नकारात्मक असर पुर्याउने उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको भन्दै कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शेयर निष्काशन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको भन्दै कम्पनीले रेटिङ प्रक्रिया विदेशका विषय विज्ञहरूको विश्लेषण र मूल्यांकनबाट हुने भएकोले यो प्रक्रिया उद्योग प्रवर्द्धकहरूले प्रभावित पारेको कुरामा कुनै सत्यता नभएको कम्पनीले प्रष्ट पारेको छ ।

बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाइएका सम्पूर्ण विषयमा पूर्ण पारदर्शी रूपमा स्पष्ट पार्न उद्योग सधैँ तयार रहने उल्लेख विज्ञप्तिमा भनिएको छ ।

सेयरको सार्वजनिक निष्काशन हुनुभन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरूको पूर्ण सहभागीता रहने कम्पनीले स्मरण गराएको छ ।

प्रिमियम मूल्यमा शेयर (आईपीओ) निष्काशन गरेको घोराही सिमेन्टमा १ करोडभन्दा बढी कित्ताका लागि फर्जी आवेदन परेको थियो । सो सँगै नियामक नेपाल धितोपत्र बोर्डले आईपीओको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *