नेदरल्यान्ड्सविरुद्ध नेपालको सुस्त सुरुआत : पावर प्लेमा एक विकेट गुमाएर २३ रन
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सुरुआत सुरुआत गरेको छ ।
सुपर सिक्समा पुग्न जित्नैपर्ने खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेको समाप्तिमा १ विकेट गुमाएर २३ रन जोडेको छ । ओपनर आसिफ शेख २।२ ओभरमा लोगान भान विकको बलमा २ बल खेल्दै शून्यमा आउट भएका थिए ।
सुपर सिक्समा स्थान बनाउन नेपालाई आजको खेल जित्नै पर्नै दबाब छ ।
यदि पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।
यो समाचार लेखिसक्दा नेपालले १० ओभरको खेल सकिँदा एक विकेट गुमाएर २३ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल १५ र भिम सार्की ७ रन बनाएर खेलिरहेका छन् ।