नेपालले तेस्रो विकेट गुमायो, आरिफ पनि आउट

२०८० असार ९ गते १४:०८

फाइल तस्बिर
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तरगत समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस् विरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।
तेस्रो विकेटमा रुपमा आरिफ शेख आउट भए । उनले ४ बलमा ६ रन बनाएर आउट भएका हुन् ।
दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए ।
कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । कुशल आउट भएसँगै सुस्त सुरुआत गरेको नेपाल दबावमा परेको छ ।
नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।
प्रतिक्रिया
सम्बन्धित खवर