चौथो विकेट गुमाएसँगै दबाबमा नेपाल – Nepal Press

चौथो विकेट गुमाएसँगै दबाबमा नेपाल

काठमाडौं । जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपाल चौथो विकेट गुमाएसँगै दबाबमा परेको छ ।

१८.१ ओभरमा भीम सार्की क्लेटन फ्लोयडको बलमा शाहरिज अहमदको हातबाट क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमाएको हो । भीम ५६ बल खेल्दा २२ रन जोडेर आउट भए ।

त्यसअघि आसिफ शेख ४ बल खेलेर ६ रन जोड्दा भिक्रमजित सिंहको बलमा लोगान भान विकबाट क्याच आउट भए ।

नेपालले पहिलो विकेटको रुपमा २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ बल खेल्दा शरुन्यमा आउट भएका थिए । दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए । कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । भएका थिए ।

लगातार विकेट गुमाएसँगै नेपालले नेदरल्यान्डविरुद्ध बलियो योगफल तयार गर्न नसक्ने सम्भावना देखिएको छ । नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ ।

यो समाचार लेखिसक्दा नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ६९ रन मात्रै जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर