नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ, सय रन नकटाई गुमायो पाँचौँ विकेट
नेपाल प्रेस
२०८० असार ९ गते १४:४४
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।
टस हारेर ब्याटिङ थालेको नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन ।
लगातार विकेट गुमाएसँगै नेपाल दबावमा परेको छ । ओपनर आसिफ शेख र आरिफ शेख दोहोरो अंकमा रन बनाउन नसकि आउट भए ।
कुशल भुर्तेलले २७ रन र भीम सार्कीले पभेलियन पर्किनु अघि २२ रन योगदान गरे । कुशल मल्ल १२ रनमा आउट भए ।
यो समाचार लेखिसक्दा नेपालले २७ ओभरको समाप्तिमा ९६ रन जोडेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेल छन् ।
प्रतिक्रिया
One thought on “नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब ब्याटिङ, सय रन नकटाई गुमायो पाँचौँ विकेट”
Leave a Reply
सम्बन्धित खवर
क्रिकेट खेलाडीले कसरी राम्रो गरून् ? आफ्नो प्रयास, खर्चमा देशको लागि खेल्दैछन् । राज्यको पैसा त नेताका आसेपासेले सिद्ध्याउछन् ।