भारतविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक, टीममा तीन परिवर्तन
काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा भारतविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।
भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा केहीबेरमा सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनिसले नेपाली टिममा तीन परिवर्तन गरेका छन् ।
नवयुग श्रेष्ठ, पुजन उपरकोटी र विमल पाण्डेलाई बेन्चमा राख्दै विमल घर्ती मगर, देवेन्द्र तामाङ र आयुष घलानले सुरुआती ११ मा स्थान पाएका छन् । साफ च्याम्पियनसियको पहिलो खेलमा नेपाल अमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको थियो ।
नेपालको सुरुआती ११ः
किरण कुमार लिम्बु, अनन्त तामाङ, लकेन लिम्बु, एरिक बिष्ट, विमल घर्ती मगर, आयुष घलान, अन्जन बिष्ट, देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, मनिस डाँगी र रोहित चन्द