काभ्रे प्रशासन : ‘हाफ पेन्ट’ लगाएका सेवाग्राही सेवाबाट वञ्चित – Nepal Press

काभ्रे प्रशासन : ‘हाफ पेन्ट’ लगाएका सेवाग्राही सेवाबाट वञ्चित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बिहान एक व्यक्तिलाई हाफ पेन्ट लगाएको भन्दै पासपोर्ट सेवामा रोक लगाएको छ ।

आइतबार बिहान एक जना व्यक्ति पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे हाफ पेन्ट लगाएर पुगेका थिए । उनलाई हाफ पेन्ट लगाएको भन्दै प्रशासनले पासपोर्ट बनाउने लाइनबाट हटाइएको एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।

लाइनबाट हटाइएपछि ती व्यक्तिले ‘ट्राउजर’ किनेर पुनः पासपोर्ट लाइनमा आएका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकजना व्यक्ति हाफ पेन्ट लगाएर लाइनमा लागेका थिए । पालो आउने बेला प्रशासनले हाफ पेन्ट लगाएका व्यक्तिलाई लाइनबाट हटायो ।’ त्यसपछि ती व्यक्तिले बाहिर पसल गएर ‘ट्राउजर’ किनेर लगाएपछि आफ्नो काम गरेर फर्किएको प्रत्यक्षदर्शीले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार प्रशासनले सरकारी कार्यालय जस्तो स्थानमा हाफ पेन्ट लगाएर आउनु राम्रो हो ? भनेर सम्झाएको बताएका छन् । पौडेलले प्रशासनको सेवाका कुनै प्रकारको रोक नलगाएको बताएका छन् । उनले केबल एक सचेत नागरीको हैसियतले सुझाव मात्रै दिएको दाबी गरेका छन् ।

पौडेलले भने, ‘हामीले ती व्यक्तिलाई सेवामा रोक लगाएका हैनौँ । सचेत नागरिकको हैसियतले केबल भनेका हौँ । यदि यस्तो प्रकरणको काम प्रशासनले गरेको हो भने हामीसँग गुनासो सुन्ने निकाय पनि छ । त्यहाँ गएर गुनासो गर्दा हुन्छ । हामीलाई ती व्यक्तिको नाम पनि थाहा छैन ।’


प्रतिक्रिया

6 thoughts on “काभ्रे प्रशासन : ‘हाफ पेन्ट’ लगाएका सेवाग्राही सेवाबाट वञ्चित

  1. महिलाले फ्रक,मिनिस्कर्ट लगाएर गए के हुन्छ त ।

  2. चोर हरु आफ्नो काम राम्रो सग गर्नुपर्ने ठाउमा 2पैसा को हर्कत देखाउछन ।

  3. साला घुस्याहा सिडियो त्यसको जस्तो टोपी लगाएर आउनेलाई मात्रै मान्छे ठान्छ कि क्या हो । यसलाई तुरुन्त कारबाही गर्नु पर्छ ।

  4. नौटंकी न गरेको भए हुन्थ्यो CDO सापले यस्तो गर्मीमा अनी बाथ्यता पनि होला!

Leave a Reply

Your email address will not be published. Required fields are marked *