घर बहाल करमा कठोर बने बालेन शाह, न्यून बहाल कर देखाएर बढी लिए १० प्रतिशत जरिवाना  – Nepal Press

घर बहाल करमा कठोर बने बालेन शाह, न्यून बहाल कर देखाएर बढी लिए १० प्रतिशत जरिवाना 

एक लाखभन्दा कम बहाल कर आम्दानी भएकालाई ७५ प्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यून बहाल आम्दानी देखाएर बढी लिएको पाए कारबाही गर्ने भएको छ । आगामी वर्ष २०८०/८१ को आर्थिक विधेयक पेस गर्दै महानगर प्रमुख बानेन्द्र शाह (बालेन)ले छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने बताएका छन् ।

महानगर क्षेत्रभित्रका व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा, पोखरी वा अन्य सम्पत्ति पुरै या आंशिक बहाल लगाएकोमा बहाल कर संकलन गरिने उल्लेख गरेका छन् ।

तर यता वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५ प्रतिशतसम्म छुट पाउने व्यवस्था महानगरले गरेको छ ।

१ लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने र अन्य आम्दानीको स्रोत पनि भएका करदातालाइ भने छुट नदिने महानगरले स्पष्ट पारेको छ ।

व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने व्यवस्था महानगरले गरेको छ ।

त्यस्तै, महानगरभित्रका फरक फरक वडामा एकै व्यक्ति वा संस्थाको भवन भए हरेक वर्ष कर दाखिला हुने वडाले सम्पत्ति भएका वडासँग सम्पत्ति सम्बन्धी विवरण प्राप्त गरी सम्पत्ति कर बुझ्नेछ ।

करदाताको सम्पत्ति थप भएमा वा भवन निर्माण सम्पन्न लिदा थप भएको क्षेत्रफलको मात्र जरिवानासहित कर असुली गरिने महानगरले जनाएको छ ।

यसरी थप भएको क्षेत्रफलको नक्सा स्विकृति नभएको अभिलेखीकरण भए सो भवनको वडा कार्यालयका इन्जिनियरले दिएको प्रतिवेदनका आधारमा उल्लेखित मितिदेखि आगामी आर्थिक वर्षदेखि थप भएको सम्पत्ति उच्चदरमा सम्पत्ति मुल्यांकन हुनेछ । निर्माण भएको वर्ष स्वयम करदाताले घोषणा गरेमा सोही वर्षलाई आधार मानि कर गणना गरिनेछ ।

भवन, अपार्टमेन्ट इकाइमा रहेका सम्पत्तिको हकमा तलाले ओगटेको जग्गा बराबरकै हिस्सा जग्गाको क्षेत्रफल हिस्सा कायम गरि मुल्यांकन हुनेछ ।

आर्थिक वर्ष २०४९/५० देखि घर जग्गा कर निर्धारण हुदै आएकोमा आव २०७५/७६ मा सोही घर जग्गाको सम्पत्ति कर निर्धारण हुँदै आएको छ ।

एउटै निकायले दुइ प्रकारको कानुन प्रयोग गरेर एउटै सम्पत्ति कर निर्धारण गर्दा प्राविधिक तथा व्यवहारिक रुपमा मुल्यांकनमा फरक हुने कर निर्धारण तथा मूल्यांकनमा एक रुपता कायम गर्ने महानगरले बताएको छ ।

नगरकार्यपालकिाले सम्पत्ति कर निर्धारण प्रयोजनका लागि बाटाका आधारमा जग्गाको मूल्य कायम गर्ने बताएको छ । सोहीअनुसार कर निर्धारण हुनेछ । एक भन्दा बढी बाटोले छोएको भए सबैभन्दा ठूलो बाटोलाई आधार लिइ जग्गाको मूल्य कायम गरिनेछ ।

बक्यौता सम्पत्तिको कर चुक्ता गर्नेलाई ३० प्रतिशत कर छुट

महानगर क्षेत्रभित्र सञ्चालित होटल रिसोर्ट तथा चलचित्रको नाममा घरजग्गा भइ वा लिजमा लिइ सञ्चालन भएको करदाताको हकमा बक्यौता सहितको सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०८०÷८१ को सम्पत्ति करमा थप ३० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

यस्तै, व्यवसायिक रुपमा सवारी साधन पार्किङको लागि भवन निर्माण सम्पन्न भएको मितिले पािर्कङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ । तर पार्किङ प्रयोजन देखाइ नक्सा स्विकृत गरेको भवनको पािर्कङ क्षेत्रलाई अनय प्रायेजनमा लगाएमा कारबाही हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *