काठमाडौं महानगरमा कति सम्पत्ति हुनेले कति कर तिर्नुपर्छ ? – Nepal Press

काठमाडौं महानगरमा कति सम्पत्ति हुनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगर पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । महानगरका तर्फबाट उपमेयर सुनिता ढंगोलले बजेट सार्वजनिक गरेकी हुन् भने प्रमुख बालेन्द्र शाह(बालेन) ले २०८०/८१ को आर्थिक विधेयक पेस गरेका हुन् ।

जसअनुसार के शीर्षकमा कति कर लगाइयो वा छुट दिइयो भन्ने उल्लेख छ । कुन शीर्षकमा कति कर लगाएको भन्ने आर्थिक विधेयकमा उल्लेख छ । विधेयकअनुसार महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर ०.०१० प्रतिशत तोकेको छ ।

उक्त सम्पत्तिको १ हजार रुपैयाँ कर तोकेको छ । त्यसपछिको १ करोडमा २ करोडसम्मको सम्पत्ति भएमा ०.०१५ प्रतिशतमा १५ सय थप भई २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

महानगरले १ करोडमा ३ करोडसम्मको सम्पत्ति भएमा ०.०२० प्रतिशतमा २ हजार थप गरी ४५ सय रुपैयाँ कर निर्धारण गरेको छ ।

४ करोडसम्मको सम्पत्ति भएका मानिसले ०.०४० प्रतिशतमा ४ हजार थप गरी ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकाले ०.०६० प्रतिशतमा ६ हजार थप गरी १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकाले ०.१०० प्रतिशतको आधारमा १० हजार थप गरी २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै, महानगरले ८ करोडसम्मको सम्पत्तिमा ०.३०० प्रतिशतमा ६० हजार कर थप भई ८४ हजार ५ सय रुपैयाँ र १० करोड रुपैयाँसम्मको सम्पत्तिमा ०.४५० प्रतिशतमा ९० हजार रुपैयाँ थप गरी १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

यद्यपी १० करोडभन्दा माथिको सम्पमिा ०.६०० प्रतिशत कर थप हुने उल्लेख गरेको छ । महानगरको १३औं नगरसभामा नगरप्रमुख बालेन्द्र शाहले उक्त करको दर तोकेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *