विराटनगर महानगर बजेट : आन्तरिक आम्दानी वृद्धिमा जोड (पूर्णपाठ) – Nepal Press

विराटनगर महानगर बजेट : आन्तरिक आम्दानी वृद्धिमा जोड (पूर्णपाठ)

विराटनगर । विराटनगर महानगरले आन्तरीक श्रोत अनुमान गरेअनुसार संकलन हुन नसकेपछि करका दायरालाई फराकीलो पार्ने योजना बनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा महानगरले करका दायराहरुलाई फराकिलो पादै राजस्व सुधार योजना निर्माण गने उल्लेख गरेको छ । महानगरले यो वर्षलाई आन्तरिक राजस्व अभिवृद्धि वर्षको रुपमा लिइने घोषणा गरेको छ ।

अघिल्लो वर्ष महानगरले आन्तरिक राजश्व रु. १ अर्ब ६४ लाख रुपैयाँ अनुमान गरेको थियो । तर चालू आर्थीक बर्षको ज्येष्ठ मसान्तसम्ममा ५१ करोड ६५ लाख९४ हजार ९ सय १९ रुपैयां यथार्थ आय सङ्कलन भएको छ ।

आन्तरिक आय बढेन नसकेपछि महानगरले वडा कार्यालयको अगुवाई र सम्बन्धित सरोकारवालाहरुको समन्वय र सहकार्यमा घरदैलो करदाता शिक्षा अभियान चलाउने घोषणा गरेको छ ।

यस्तै, स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको माध्यमबाट समेत करदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिने र राजस्व प्रणालीलाई थप प्रविधिमैत्री बनाउँदै लगिने घोषणा गरेको छ ।

विराटनगरका उपमेयर शिल्पा कार्की निरालाले आगामी वर्षको बजेट नीति तथा कार्यक्रम पढ्दै नियिमत रुपमा कर तथा राजश्व बुझाई आन्तरिक आय वृद्धि गर्न सहयोग गर्ने उत्कृष्ट करदातालाई सम्मान गर्ने बताइन् ।

आन्तरिक राजश्व छली तथा चुहावट नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण प्रणालीलाई थप बलियो बनाई कर तिर्न अटेर गर्ने, झुटो विवरण पेश गरी कर छली गर्नेलाई जरिवानासहित कारबाही गरिने बताइन् ।

पूर्वाधारमा एक वडा एक पार्क

विराटनगर महानगरले एक वडा, एक पार्कको अवधारणा अनुरुप सबै वडामा पार्क निर्माण गर्ने भएको छ । यस्तै महानगरपालिकाको प्रत्येक वडामा सम्भावित खेल स्थलको अध्ययन गर्ने बजेट निती तथा कार्यक्रमा उल्लेख छ ।

महानगर क्षेत्रभित्र रहेका सिंघिया र केसलिया खोला छेउमा बस्ने अति जोखिम एवं कष्टकर जीवन निर्वाह गरीरहेका सुकुम्बासी परिवारहरुलाई महानगर आवास कार्यक्रम सन्चालन गर्ने महानगरले जनाएको छ ।

महानगरले सिंघिया र केशलिया नदी क्षेत्रको सिमांकन गरी नदी क्षेत्रलाई खुला गर्ने कार्यको सुरुवात गर्ने, सार्वजनिक जग्गाको सिमांकन गरी उत्पादनमूलक उपभोग गर्ने नीति लिने महानगरले जनाएको छ ।

आगामी आर्थिक बर्षका लागि महानगरले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट नीति तथा कार्यक्रम ल्याएको छ ।
सो मध्ये प्रशासनिक क्षेत्रतर्फ रु. ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ .३ करोड ९६ लाख ८१ हजार खर्च हुने अनुमान गरिएको छ ।

सामाजिक विकास क्षेत्रतर्फ रु. ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ .३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ रु. २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महानगरले वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, वहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै, पिच सडकहरु समेत गरी मर्मत सम्भारका लागि १० करोड, सडक वत्ती तर्फ रु. १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख,फोहोर पानी प्रशोधन केन्द्र २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्ताे छ पूर्णापाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *