ललितपुर महानगरको बजेट साढे ६ अर्ब – Nepal Press

ललितपुर महानगरको बजेट साढे ६ अर्ब

काठमाडौ । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जली शाक्य बज्राचार्यले बजेट सार्वजनिक गरेकी हुन् ।

साढे ६ अर्बको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख विनियोजन गरिएको छ । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर